You are here
Home > मनोरञ्जन > ब्राड पिट र एन्जेलिना जोलीको पनि डिभोर्स हुने पक्का

ब्राड पिट र एन्जेलिना जोलीको पनि डिभोर्स हुने पक्का

५ आश्विन २०७३, बुधबार ०६:४८

बलिउडमा मात्र होइन, डिभोर्सको खबरले हलिउडलाई पनि अछुतो राखेको छैन । बलिउडका चर्चित जोडीहरु अलग भैरहँदा हलिउडको एक चर्चित जोडी पनि अब अलग हुने भएको छ । सन् २००४ एक भएर सन् २०१४ मा बैबाहिक जीवनमा वाधिएर विश्वमै चर्चित बनेको हलिउड जोडी ब्राड पिट र एन्जेलिना जोलीको बैबाहिक जीवन समाप्त हुने भएको छ ।

हलिउडकी सर्वाधिक चर्चित नायिका एन्जेलिनाले ब्राड पिटसँग  डिभोर्स गर्नका लागि अदालतमा फाइल दर्ता गरेकी छिन् । नायिका जोलीका वकिलले यो कुराको पुष्टी गरेको वीवीसीले जनाएको छ । सोमबार एन्जेलिनाले आफ्नो करिब १२ बर्ष लामो सम्बन्धलाई अलग गर्ने निर्णय गर्दै अदालतमा फाइल दर्ता गरेकी छिन् । जसको कारण परिवारको स्वास्थ्यलाई मानिएको छ ।

एन्जेलिनाले यो बिषयमा तत्काल कुनै पनि प्रतिक्रिया नदिने भएका छन् । अहिले यो परिवारले गोप्यता खोजिरहेको जोलीका वकिलको भनाई छ । यो जोडीको ६ जना बच्चा छन् । विश्वकै चर्चित जोडी अलग हुनुको पछाडि कुनै तेश्रो व्यक्तिको हात नरहेको पनि बताइन्छ ।