You are here
Home > खेलकुद > तीन खेलमा १७ गोल, डर्टमुण्ड शीर्ष स्थानमा

तीन खेलमा १७ गोल, डर्टमुण्ड शीर्ष स्थानमा

५ आश्विन २०७३, बुधबार ०८:१८

काठमाडौं । जर्मन बुण्डेसलिगामा बोरुशिया डर्टमुण्डले बुल्फबर्गलाई उसकै मैदानमा ५-१ गोलले हराएर कम्तिमा १ दिनका लागि लिगको शीर्ष स्थानमा उक्लिएको छ । पियरे एमरिक उवामेयाङको दुई गोलको सहयोगमा शानदार जित हासिल गरेको डर्टमुण्डले बार्यनलाई गोलअन्तरको आधारमा पछि पार्दै शीर्ष स्थानमा पुगेको हो ।

डर्टमुण्डले पछिल्लो तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै १७ गोल गरेको छ । नौ अंक बटुलेको उसले बार्यनलाई गोलअन्तरले पछि छोडेको हो । तेस्रो स्थानमा हेर्था बर्लिन छ जसले आज साविक बिजेता बार्यनसँग आफ्नै मैदानमा खेल्दैछ ।

थोमस टचेलको प्रशिक्षणमा रहेको डर्टमुण्डले लेजिया वार्साओलाई ६-० ले हराएर बुण्डेसलिगाको सुरुवात गरेको थियो । दोस्रो खेलमा गत शनिबार डर्मस्टार्डलाई समान स्कोरमा हराएको थियो ।

बर्लिनमा सुरुवात देखि नै आक्रामक देखिएको डर्टमुण्डले खेलको चौथो मिनेटमा रफायल गुरेरियोको उत्कृष्ट गोलसँगै अग्रता लिएको थियो ।

१६औं मिनेटमा उसले अग्रता दोब्बर बनायो । उल्फवर्गका गोलरक्षक कोइन क्यास्टिल्सलाई छक्याउँदै उवामेयाङले गोल गर्न सफल भए ।

घरेलु टोली उल्फ