You are here
Home > कला > नेपाली सेक्सपियरलाई तुल्सी घिमिरेले नदेखे पछि…

नेपाली सेक्सपियरलाई तुल्सी घिमिरेले नदेखे पछि…

१८ भाद्र २०७४, आईतवार ०४:२६

चौध वर्षको उमेरमा भारतीय नाटक म्याजिक एन्ड द किङमा मन्त्रीको भूमिकामा अभिनय गरेर अभिनयक्षेत्रमा प्रवेश गरेका वि.एस. राणा वि.सं. १९९९ साउनमा नरेन्द्रशमसेर जबरा र राजकुमारी देवीको जेष्ठ सपुत्रको रूपमा काठमाडौामा जन्मेका हुन् । कुनै बेला नेपाली सेक्सपियर नामले चिनिने राणा क्यालिफ/म्याजिसियन, जुलियस सिजर, आस्रेनिक एन्ड ओल्ड, लेस पिरतीज अफ पेन्जेन्स भेलियन्ट, मिकाडो ह्याम्लेट, लभ अफ फोर, कोलोनिल रिचार्ड, थर्ड स्ट्रेङ्गलर, रिचार्ड सेकेन्ड, टुवेल्थ नाइट, ग्रिन जुलिया, सिगल आर एन्ड जी आर, डेड वान फ्लिउ ओभर नेस्टलगायतका दर्जन बढी अंग्रेजी साहित्यकारका नाटकमा अभिनय छन् । प्रख्यात अंग्रेजी नाटककार शेक्सपियरका नाटकमा धेरै अभिनय गरेकै कारण नेपाली शेक्सपियरको नामले चिन्ने पनि धेरै छन् ।
वि.सं. २०४१ सालमा नेपालमा अन्याय चलचित्रबाट डीआईजीको भूमिकामा अभिनय गर्दै रजतपटको अभिनय यात्राराम्भ गरेका राणा कोसेली, चिनो, दक्षिणा, दुई थोपा आासु, नेपाली बाबु, करोडपति, अपराध, माया त माया हो, वसन्ती देश, कसले चोर्‍यो मेरो मन, सेतो बाघ लगायत करिब १२ दर्जन चलचित्रका विभिन्न भूमिकामा अभिनय गरी आºनो निख्खर अभिनय कौशल देखाएका राणाले सिद्धार्थ र वसन्ती नाटक चर्चित नाटकको निर्देशन सेमत गरेका छन् । हाल बागडोलस्थित आºनै निवासमा जीवनसाथी र दुई छोरीका साथ जीवन व्यतित गरिरहेका राणा अभिनय बाहेक कलेजमा पनि प्राध्यापनमा समेत व्यस्त छन् । सेन्ट जोसेफ स्कुल दार्जिलिङबाट माध्यमिक शिक्षा सकी कलकत्ताको सेन्ट पोच कलेजबाट अध्ययन पूरा गरेका राणाले बेलायतमा समेत अध्ययन गरेका थिए । पढाई सकाएर डक्टर बनाउने बुबा आमाको सपनालाई लत्याएर अभिनय क्षेत्रमा हाम फालेका राणालाई अहिले पनि आफ्नो निर्णय सहि भएको ठम्याई रहेकोछ, जसलाई प्रमाणित गर्ने आधार भनेका दर्शकको माया र हौसला हुन् । आºनो ºयानका अपार मायाले उनलाई यो क्षेत्रमा लागिरहन जाागर मिलेको छ । तर पनि किन हो किन उनको एक मनले मुख्य भूमिकामा अभिनय गर्न पाए हुन्थ्यो भनिरहन्छ । हुन त कलाकार भई सकेपछि मुख्य र सहायक भन्ने शब्दले फरक नपार्नु पर्ने हो तैपनि नेपाली रजतपटको संस्कृतिले उनलाई पनि धेरथोर छोएको छ । अझै पनि नेपाली चलचित्रमा उच्च वर्गको पात्र चाहिएमा उनलाई नै सिफारिस गरिन्छ । उनको अंग्रेजी लवज मिसिएको बोलिले सबैलाई लोभ्याउँछ । उनै नेपाली रजतपटका सदावहार कलाकारसँग अनिल बुढामगरको भलाकुसारी :
नाटक /चलचित्रमा प्रर्दापण
मैले स्कुल पढ्ने बेलादेखि नै अभिनयमा खुब चासो राख्थेँ । त्यति खेर नेपालमा फिल्म भन्ने केहि थिएनन् । सडक नाटकहरू गर्ने र स्कुलहरूका नाटकहरू गर्ने गरिन्थ्यो । बच्चादेखि नै साथीहरूसँग नाटक गरेको हुनाले नेपाली चलचित्र खेल्न खासै समस्या भएन । पढाईको सिलसिलमा भारतदेखि सुरू भएर बेलायत जस्ता थुपै देशहरूमा नाटक गरियो । भारतमा पनि मैले थुप्रै अङ्ग्रेजी नाटकहरू गरेँ । सोहि अनुभवले गर्दा नेपाल आएर चलचित्र क्षेत्रमा काम गर्ने सोच पलायो । बच्चैदेखि नाटकमा रूचि भएको हुनाले चलचित्रमा काम गर्न खासै दुख भएन । नेपाली चलचित्र उद्योगमा काम गर्ने रहर भए पछि ब्याङ्लोरबाट नेपाल फर्किने सोच बनाएँ । मैले पहिलो पटक तुलसी घिमिरेको “अन्याय” भन्ने चलचित्रमा खेल्न पाएँ । त्यस पछि मेरो चलचित्रमा अझ बढी रूचि पलायो । यसलाई लहै लहै भन्ने कि, आत्मादेखिको चाहना भन्ने ।
नेपाली शेक्स पियरको नाम
नेपाल आएर सेक्सपियरका नाटकहरू धेरै गरेँ । त्यही कारणल नै होला मलाई नेपाली सेक्सपेयर राणाका नाम दिन थालियो ।
अहिलेसम्म अभिनय गरेका नाटक/चलचित्र
मैलेँ गरेका नाटकहरू सयौँ भन्दा माथि नै छन् होला । बुढेसकाल लागेर पहिलेका नाटकहरू खासै सम्झना छैनन् । पछिल्लो समय अनुप बरालद्धारा निर्देशन भएको र राजेश हमालको पनि अभिनय रहेको “कोट मार्सल” गरेँ । त्यस पछि नाटक गरेको छैन् । नेपाली चलचित्र उद्योगमा अहिलेसम्म लगभग ४० देखि लिएर ५० को बिचमा पुर्‍याएको छु जस्तो लाग्छ । पहिलो पटक तुल्सी घिमिरेद्धारा निर्देशन भएको “अन्याय” नामक फिल्ममा मैले डिआइजिको रोल निभाएको थिए । दोस्रो चलचित्र “कोसेली” भन्ने चलचित्रसम्म सम्झना छ । बााकि सम्झना नभए पनि त्यो समयमा धेरै चर्चा कमाएका फिल्म “चिनो” अनि “नेपाली बाबु” गरेको थिएँ । पछिल्लो समयमा आएर नेपालको राजनीतिलाई बाटो लगाउने मदन भन्डारीको हत्या माथी बनाइएको चलचित्र “दासढुङ्गा”मा अनुसन्धान अधिकृतको भूमिका गरेको छु । त्यस पछि जंगबहादुर राणासँग जोडिएको ऐतिहाँसिक चलचित्र “सेतो बाघ”मा जंगबहादुर भएर अभिनय गरेको छु । यस्तै अहिले भर्खर “दर्पण छायाा – २” मा पनि अभिनय गरेको छु ।
नाटक /चलचित्र खेल्न कहाँ कहाँ पुगिएन र….
भारतको कलकत्ता, दिल्ली, मुम्बइ अनि ब्याङ्लोर लगायत ठूल–ठूला शहरहरूमा धेरै नाटक गर्न गएको सम्झना छ । त्यति मात्र नभई पढाईको सिलसिलामा बेलायत पुगेर पनि नाटक गरेँ । उताबाट फर्कि सकेपछि पनि पछिल्लो समयमा विश्वका प्राय: जसो देशहरूमा पुगेर नाटक गरेको छु । नेपालमा पहिलै गरेँ र फर्किएर पनि धेरै नाटक र चलचित्रहरूमा काम गरीयो ।
अभिनय गर्दा चित्त दुखेको र खुसी भएको क्षण
नेपालभन्दा बाहिर काम गर्दा त्यस्तो कहिल्यै भएन । जब नेपाली चलचित्र उद्योग र रङ्गमञ्चको उद्योगमा पाइला सारियो । तब निकै दु:खका क्षण अनि सुखका क्षणहरू पनि भए । त्यसलाई चित्त नै दुखेको क्षण भन्न त मिल्दैन तर, साथीभाइहरूसँग गफ गर्दा फिल्मका कुरा र रङ्गमञ्चका कुराहरू दिमागमा आउने गर्छन् । बितेको समयलाई फर्केर हेर्दा, मेरो अभिनय दर्शकले मन पराए पनि, निर्देशकहरूले मन पराएनन् । दर्शकको सामु बि.एस. राणाको नाम जति चिनिए पनि निर्देशकहरूले चिनेनन् । हाम्रो पालामा उदाएको चर्चित तुलसि घिमिरे जस्ता निर्देशकको नजरमा समेत कहिल्यै परिएन । मुख्य कलाकारमा अभिनय गर्ने रहर हुादा हुादै पनि त्यो अवसर पाइएन । उहाँसँग धेरै काम गरियो । उहाँकै चलचित्रमा साधै भरी सहायक कलाकारको अभिनय गर्नु पर्दा दु:ख लाग्थ्यो । “साइनो” नामक चलचित्रमा काम गर्दा हामी पोखराको एउटा होटलमा बसेका थियौा । म बसेको ठाउामा निर्माताहरूले बसेको पैसा तिरे तर खाएको पैसा नतिरे पछि आफै तिर्नु पर्‍यो । फेरी तुल्सि घिमिरेसँगै “मुक्ति” नामक एउटा सिरियलमा काम गरेका थियाौ । सुटिङ सकिए पछि उहाँसँग बोलचाल पनि बन्द भयो । उहाँले मलाई डबिङमा समेत बोलाउनु भएन । दर्शक सामु मेरो आवाज परिचित थियो । दर्शक सामु आफ्नै आवाज दिन नपाउँदा साह्रै चित्त दुखेको थियो । तरपनि मलाई घाटा भएन् । उहाँलाई नै घाटा भयो ।
खुशीको कुरा भन्नु पर्दा चााहि बज्रेश खनालले लेख्नु भएको “नेपाली बाबु” नामक फिल्ममा काम गर्दा म धेरै खुशी भएको थिएँ । त्यहाा भुवन के.सी. मुख्य कलाकार हुनुहुन्छ । मैलो सह–कलाकारको भूमिका निभाइरहेको थिएँ । नाटकमा अथवा चलचित्रमा निर्देशक राम्रो भयो भने कलाकारलाई मजा आउादो रहेछ । मैलो नाटक गर्दा सुनेको थिएँ, ‘कुनै पनि निर्देशकले कलाकारलाई यो गर, त्यो गर, भन्नु भन्दा पनि आफुले गर्ने विषय वस्तुसँग नजिक पुर्‍याउने र महसुस् गर्न पठाउन सक्ने निर्देशक सफल निर्देशक हुन्छन् ।’ त्यो कुरा सोहि फिल्मका निर्देशकले बुझेको जस्तो लाग्यो । मलाई उहाँले कहिल्यै अभिनय गराउनु भएन । कामसँग नजिक बनाउन सिकाउनु भो । कामलाई महसुस् गर्न लगाउनु भयो । म त्यो काममा यति खुशी भएर आफ्नो भूमिका निभाएँ ।
दर्शकको काखा, निर्देकशको पाखा
मलाई दर्शकले किन मन पराए ? निर्देशकहरूले किन मन पराएनन् ? भन्ने विषयमा केही लुकेको कारण निकै खोजेको पनि थिएँ । आफ्नो कमजोरी कहिल्यै देखिन । हलिउड फिल्महरू हेर्दा हलिउडमा जुन आफ्नैपन छ । सोहिपन नेपाली चलचित्र उद्योगमा काम गर्नेहरूले बिर्सेका पो हुन् की ? नेपालीपनलाई बिर्सेर भारतीय चलचित्रको अनुहारलाई टपक्क टिपेका हुनाले यस्तो भएको पो हो कि ? उदाहरणको लागि भारतीय चलचित्र र नेपाली चलचित्रमा मुख्य कलाकार हुनलाई शरीर मिलेको, पाखुरा ठूल–ठूला भएको र अनुहार राम्रा भएको युवा कलाकारको मात्र खोजी हुने समय भएर पो हो की ? हाम्रो समयमा नेपाली चलचित्र उद्योगले मौलिकता नपाएको हुनाले पनि हुन सक्छ ।
अहिले पनि, नेपाली चलिचत्र उद्योगमा पहिलेका र अहिलेका चलचित्र भन्ने कुराहरू शब्दमा मात्र सिमित छन् । खासमा भन्नु पर्दा अहिले पनि कता कता परिवर्तन देखिए जस्तो पनि र नदेखिएको जस्तो पनि भान हुन्छ । फिल्मका निर्देशक र लेखकहरूले बाल बच्चा अनि प्रौढहरूको कथा लेख्दैनन् । कथा नै नलेखिएको हुनाले क्षमतावान कलाकारहरूले प्रमुख भूमिकामा अभिनय गर्न नपाएको कुरा नेपाली चलचित्र उद्योगमा अझै पनि प्रशस्तै देखिन्छ । तितो सत्य भन्नु पर्दा, कलाकार भए पछि मुख्य भूमिकामा अभिनय गर्न पाउनुको मजा र सहायक रूपमा रहेर अभिनय गर्न पाउनुको मजा आ–आफ्नो ठाउामा नकारात्मक र सकारात्मक पक्षहरू छन् । मलाई पनि रहर थियो, मुख्य कलाकार भएर आफ्नो क्षमता देखाउन, तर कहिल्यै त्यो मौका पाइएको छैन् । त्यसैले मेरो आफ्नै क्षमताको कारणले निर्देशकका नजरमा नपरेको भन्दा मेरो अभिनय क्षमता बुझ्न सक्ने निर्देशक नै नभएको जस्तो लाग्छ ।
जीवनमा रङ्गमञ्च /चलचित्रले दिएको र खोसेको
रङ्गमञ्च र चलचित्रले मेरो जीवनमा खोसेको भन्ने केहि छैन् । नाटक र चलचित्रले मलाई धेरै दिएको जस्तो लाग्छ । आफ्नो मनले चाहेको काम गर्न पाइयो । सहायक कलाकारको रुपमा अभिनय गरे पनि दर्शकले चिन्ने र दर्शकको माया पाइयो । हुन त दु:ख पिाडा आ–आफ्नो ठाउामा छन् होला । फेरी मान्छे भए पछि दु:ख र सु:ख झेल्न परि हाल्छ । मैलो चलचित्रबाट बााच्छु भनेर गरेको र लागेको पनि होइन । नाटकलाई आफ्नो मनको नाता ठान्थो । पछि चलचित्रबाट धेरै पैसा आउाछ भन्ने सोच भयो । त्यस पछि नेपाल फर्किएर चलचित्रमा लागियो । सोचे जस्तो पैसा पनि आए । पैसा नआए पनि म कहिल्यै निराश भइन । आफ्नो लगाव भएको हुनाले खुशी नै भएा । बााच्नलाई मैलो ठाउामा जागिर खानेदेखि लिएर पढाउने काम गर्थे । अहिले पनि आफ्नो भविष्य चलचित्रले नै कोर्ला भन्ने लाग्दैन ।
अभिनयको पारिश्रमिक
हाम्रो समयमा नेपाली चलचित्र उद्योगमा खासै पैसा थिएन । “अन्याय” र “कोसेलि” लगायत थुप्रै फिल्महरूमा काम गर्दा पैसा नै नलिएर पनि काम गरेको छु । कुनै कुनै चलचित्रहरूमा ७ हजारमा काम पनि गरीयो । पैसा धेरै नभए पनि “नेपाली बाबु” चलचित्रका निर्देशक जस्तो मान्छे पाइयो भने अझै पनि उहाँसँग काम गराौ गराौ जस्तो लाग्छ । पछिल्लो समयमा आएर “सेतो बाघ” मा ६० हजार सम्म पैसा लिएा । पैसा भन्दा पनि मलाई दर्शकले जुन माया दिनु भएको छ, सोहि मायालाई अजै पनि सहायक रूपमै भए पनि अभनियलाई निरन्तरता दिादै आएको छु ।

हाम्रो पालामा चलचित्र खेलेर बााच्न सकिदैन्थ्यो । अबको दिनमा चााहि चलचित्र गरेर बाँचेकाहरू केहि मात्रामा मैलो देखेको हुनाले नेपाली चलचित्र र रङ्गमञ्चको भविष्य भएको जस्तो देख्छु । फेरी, पहिलेको भन्दा अहिले राम्रा नाटक र चलचित्रहरू आइरहेका छन् । नयाा नयाा युवाहरूले काम गरेका छन् । उहाँहरूले समयको माग अनुसार चलिचित्र बनाई राखेका पनि छन् । यो विकास नै हो । सपना भन्दा पनि एउटा रहर युवा निर्देशकहरूसँग काम गर्ने छ । पुरानै निर्देशक भए पनि निर्देशकको नजरमा परियो भने मुख्य भूमिकामा काम गर्ने धोको छ ।