You are here
Home > प्रवास > बेलायतको रातो पासबोर्ट त्यागेर नेपाल फर्किदै-जानुका

बेलायतको रातो पासबोर्ट त्यागेर नेपाल फर्किदै-जानुका

१९ भाद्र २०७४, सोमबार ०२:४१

काठमाण्डौ ।
भिमु मेमोरियल ट्र्स्टको आयोजनामा नया बानेश्वर स्थित ईद्रेनी ब्याङ्क्योटको मैत्री हलमा जानुका राईले रातो पासबोर्ड त्यागेर नेपाल आउने बताएका छन् । बेलायतमा बस्दै आएका साहित्यकार, समाजसेवी तथा गीतकार जानुका राईले गिती संग्रह “आमा” गितीएल्बमहरु “समय” र “सन्दर्भ” तीन कृती बिमोचन गरेका हुन् ।

राई भाबुकता हुँदै ‘आफु यो ठाउमा आउन श्रीमान शिब कुमार राईको महत्वपुर्ण हात छ र आफ्नो देश र जन्मेको ठाउ स्वर्गरुपी रहेको‘ बताउदै अब बेलायतको नागरिक त्यागी आफ्नै जन्मभुमीमा बाकी जिबन साहित्य, कला र समाजसेवामा बिताउने बताउनु भयो । ‘शरिर बेलायतमा रहे पनि मन आफ्नै जन्मभुमी नेपालको पाखा पर्बतमा नाचिरहेको’ भन्नु हुँदै  राईले आफुलाई खुल्ला आकाश र फराकिलो धर्तीको हृदय बनाउन चाहेको बताउनु भयो ।

१२ बर्ष देखी संघर्ष शिल जिबन बिताएर हाल बेलायतको भुमीमा रहंदा पनि आफ्नो साहित्य र कलालाई निरन्तरता दिनुभएका राईले नेपाली साहित्यमा मास्टर्स गर्नु भएको छ । राईले आज भन्दा १०-१२ बर्ष अगाडी देखि उदयपुरमा गरीब असाहय र पिछडिएका बालबालिकालाई संकलन गरी शिक्षा दिदै छन् भने हाल ३ -४ ठाउँका गरीब, जेहेन्दार, असाहाय र आर्थीक रुपले कमजोर बालबालिकालाई सहयोग गर्दै आउनु भएको छ ।

कार्यक्रममा बिभिन्न बरिष्ठ साहित्यकार प्रमुख अतिथी बैरागी काइला र बिशेष अतिथी श्रवन मुकारुङ लगायत अतिथी राजेश पायल राई, सुरेन्द्र सुहाङ्ग , सुरेश अधिकारी , बशन्त मुकारुङ्ग तथा अन्य पत्रकार ,संगीतकार ,गितकार ,समाजसेबी र कलाकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।