You are here
Home > कला > दमौलीमा मिस क्यून तनहुँ २०१७ हुने

दमौलीमा मिस क्यून तनहुँ २०१७ हुने

१९ भाद्र २०७४, सोमबार ०६:२८

तनहुँ |

तनहुँ इभेन्ट म्यानेजमेन्ट तनहुँको आयोजनामा भाद्र २४ शनिबार देखि  दमौलीमा मिस क्यून तनहुँ २०१७ सिजन २ हुने भएको छ । प्रतियोगिताको लागि शनिबार देखि आयोजकले अडिसन लिने भएको छ ।

तनहुँको दमाौली बाजार स्थित ओरेन्ज हाउसको हलमा आयोजित अडिसनको पहिलो दिन उद्धघाटन गरिने छ । लगतै अडिसनको प्रक्रिया अगाडि बदने मिस तनहुँ २०१६ का बिजेता सरिता गरंजा मगरले जानकारी दिए । प्रतियोगीतामा सहभागी हुन प्रतियोगीले आफ्नो क्षेत्र तथा अविभावकहरुबाट अनिवार्य रुपमा स्वीकृत लिनुपर्ने नियम पनि रहेकाले पहिलो दिन अविभावक भेटघाट गरिने र तनहुँका भिबिन्न क्षेत्रहरुबाट अडिशनको लागि अहिले सम्म २० जना भन्दा माथि नाम दर्ता भैसकेको गरंजा मगरले बताए ।

हप्ता दिनसम्म रहने अडिसन तनहुँको भिबिन्न ठाउँ ठाउँमा पुगेर गरिने र प्रतियोगीतामा बिजेताले इस्कुटर, ट्रफी, प्रमानपत्र, १ मोदलिंङ क्याटवाक, म्युजिक बिडियोमा अफर लगायत विविन्न गिफ्टहरु पनि दिइने आयोजक मौसम दराइले बताए । फस्ट रनर अपले क्यास प्राइज ट्रफी, प्रमानपत्र पाउने छ र सेकेन्ड रनर अपले पनि क्यास, ट्रफी र प्रमानपत्र प्राप्त गर्ने छन् । यस बाहेक सहभागीहरुले मिस ट्यालेन्ट, मिस बेस्ट क्याटवाक, मिस फोटोजनिक, मिस डिसिप्लिन, मिस ब्युटिफुल, मिस एक्टिभ टाइटल लगायत थुप्रै उपाधि प्राप्त गर्ने आयोजले जनाएको छ ।

प्रतियोगितामा मिस कुइन तनहुँ २०१६, सिजन १ बिजेताहरु, ब्युटिसियन १  , फेशन डिजाइनर १, पत्रकार १, चलचित्रकर्मी १, शिक्षक १ गरी धेरै जनाले अडिसन ल्याउने भएको छ ।