You are here
Home > कला > ‘ए मेरो हजुर २’ लाई पनि गफ बजारले चोखो

‘ए मेरो हजुर २’ लाई पनि गफ बजारले चोखो

२० भाद्र २०७४, मंगलवार ०२:२१

काठमाडौं ।
शुक्रबार देखि ‘ए मेरो हजुर २’ देश ब्यापी  रिलिज भएको छ । १० बर्षपछि सिक्वेलमा बनेको पहिलो चलचित्र ‘ए मेरो हजुर’की तत्कालिन नायिक झरना थापाको डेव्यू निर्देशन चलचित्र ‘ए मेरो हजुर २’ले ३ दिनमै ३ करोड माथिको ब्यापार गरेको भन्दै निर्माता सुनिलकुमार थापाले आफ्नो लगानी सुरक्षित भएको बताउँछन् |

काठमाण्डौका वितरक गोविन्द शाही र काठमाण्डौ बाहिरका वितरक केदार पराजुलीका अनुसार चलचित्रले नेपाली चलचित्रको इतिहासमै नयाँ रेकर्ड कायम गरेको बताउँछन् । काठमाण्डौमा शुक्रबार ४३ लाख ३८ हजार, शनिबार ८७ लाख ७५ हजार र आइतबार ५३ लाख १५ हजारको कारोबार गरेको छ । यस्तै, काठमाण्डौ बाहिर चलचित्रले शुक्रबार ३३ लाख २१ हजार, शनिबार ७२ लाख ५५ हजार र आइतबार ५१ लाख २५ हजारको कारोबार गरेको बताउछन ।


चलचित्रले राम्रो ब्यापार गरेको बताए पनि ‘ए मेरो हजुर’को तुलनामा २ को कथाबस्तु फितलो छ । मायाँ पाउन विभिन्न ठक्करहरु संगै अनेक मोड र घुम्तीहरु कथावस्तुमा उन्ने शैली फितलो भएको हुँदा दर्शकलाई कौतुहलताबाट तादा बनाएको छ । कथावस्तुलाई भन्दा पनि गीत संगीत अनि कमेडी पाटोलाई धेरै ध्यान दिन खोजिएको भएर चलचित्रमा पटक पटक खोट भेटिन्छ । पुरानै शैलीमा रमाउने दर्शकहरुलाई हलसम्म हुत्याउन खोजिएपनि चलचित्र बुझेर हलसम्म पुगेका दर्शकहरुलाई भने ‘ए मेरो हजुर २’ले निरास बनाएको छ ।