You are here
Home > अर्थ/बजार > अवैध रुपमा ओसारपसार गरिने सुनका मालिक बच्ने भरियाहरु सधैं पक्राउ पर्ने प्रवृत्ती

अवैध रुपमा ओसारपसार गरिने सुनका मालिक बच्ने भरियाहरु सधैं पक्राउ पर्ने प्रवृत्ती

२१ भाद्र २०७४, बुधबार ०२:५२

 

काठमाडौं |
१८ भदौका दिन महानगरीय प्रहरी कार्यालय ९मेट्रो० र महानगरीय अपराध महाशाखा ९क्राइम डिभिजन० ले ८८ केजी सुन बोकेको बा १७ च ६४२७ नम्बरको गाडी सँगैका ड्राइभरलाई नियन्त्रणमा लिएका छन । नेपालमा अवैध रुपमा ओसारपसार गरिने सुनमा मालिकहरु सधैं बच्ने र भरियाहरु मात्र पक्राउ पर्ने प्रवृत्ती नेपालमा देखिइरहेका बेला यो प्रश्न रहस्यमय भएको छ ।

मेट्रो कार्यालय स्रोतका अनुसार सुन बोकेको टाटा सफारी राती ९ बजेतिर ठमेल छिरेको हो । तर भोलिपल्ट पत्रकार सम्मेलनमा प्रहरीले भनेको छ, सुन बोकेको गाडी राती २ बजे नियन्त्रणमा लिइएको कुरा मेट्रोका प्रमुख चन्द र महाशाखा प्रमुख लोहनीले जानकारी दिएका थिए ।
नियन्त्रणमा लिएको बा १७ च ६४२७ नम्बरको गाडी सँगैका ड्राइभर मकवानपुर गढी गाउँपालिकाका २४ वर्षीय मनोज अधिकारी खासमा चिनियाँ मिङ दम्पत्तीका ड्राइभर भनिएको छ।

प्रहरी स्रोतका अनुसार रसुवादेखि सुन बोकेको गाडी चलाएर ल्याउने अधिकारी थिएनन्। उनी सुन बोकेको गाडी कुरुवा थिए, ठमेलमा। अधिकारीलाई गाडीसँगै पक्राउ परेको मात्र भनिएको छ। प्रहरी आफैंले उनले रसुवादेखि गाडी चलाएर ल्याएको पुष्टि गरेको छैन।