You are here
Home > कला > गतहप्ता नेपाल आइडलमा देखिएको जिज्ञासाले अब भोटिङ गर्दा पैसा नलाग्ने

गतहप्ता नेपाल आइडलमा देखिएको जिज्ञासाले अब भोटिङ गर्दा पैसा नलाग्ने

२१ भाद्र २०७४, बुधबार ०५:३८

काठमाडौं |

अब नेपाल आइडलका प्रतियोगीहरुआई भोटिङ गर्दा पैसा नलाग्ने भएको छ । नेपाल आइडलका लागि अन्तिम तीन प्रतिस्पर्धीको छनौटको भोटिङ गर्ने समय एक साता बढाएपछि आयोजकको सामाजिक सञ्जालमा आलोचना भएको थियो । अब भने, नेपाल आइडलले आफ्नो फेसबुक पेजमा सूचना जारी गरी यस्तो जानकारी दिएको हो ।

गतहप्ता कोही पनि नबाहिरिने निर्णय आकस्मिक रुपमा गरिएको नभइ  उक्त  ‘नोएलिमेसन एपिसोड’कार्यक्रमको पूर्व निर्धारित तालिका अनुसार नै  गरिएको नेपाल आइडल आयोजकले जनाएको छ । नो एलिमिनेसन एपिसोड फरमेट बमोजिमनै भए पनि एसएमएस भोटिंगमा भएको पैसा र सम्बन्धित प्रतिस्पर्धीहरुले पाएको गत हप्ताको भोट यस हप्ता प्राप्त भोटसँगै गणना हुने छ ।

यसबारेमा सामाजिक संजालहरुमा देखिएको जिज्ञासाका बारेमा फ्रिमेन्टल मिडियालाई अवगत गराएपछि उठेका गुनासा सम्बोधन गर्न विशेष व्यवस्था गदै चलिआएको SMS व्यवस्थाका साथै नेपाल आईडलको एपमार्फत नेपालभित्रै बाट निशुल्क भोटिंगको व्यवस्थासमेत गरेको छ ।