You are here
Home > कला > ‘२ रुपैयाँ’ चलचित्रले मल्टिप्लेक्समा उच्च शो गर्ने

‘२ रुपैयाँ’ चलचित्रले मल्टिप्लेक्समा उच्च शो गर्ने

२२ भाद्र २०७४, बिहीबार ०२:४२

काठमाण्डौ |

यहि शुक्रबार देखि देश ब्यापी रिलिज हुन लागेको ‘२ रुपैयाँ’ चलचित्रले काठमाण्डौका मल्टिप्लेक्स हलहरुमा उच्च शो पाएको छ ।  चलचित्रलाई काठमाण्डौ र ललितपुरका क्यूएफक्सहरुका ४ हलमा २४ शो दिइएको हो । काठमाण्डौको वीग मुभिज, वीएसआर, एफक्यूब, वीग मुभिज, क्यूजमा पनि चलचित्रले उच्च शो पाएको छ ।

केहि महिना अगी युतुबमा रिलिज भएको ‘कुटुमा कुटु’ बोलको गीतले बजारको अनुहार राम्रो बनाएको हुँदा ‘२ रुपैयाँ’ चलचित्रले क्यूएफक्सहरुमा उच्च् शो संगै चर्चा पाएको हो । त्यही चर्चाकै कारण चलचित्रले पनि राम्रो ब्यापार गर्ने निश्चल बस्नेतको बुजाई छ । कमेडी जनरामा तयार भएको ‘२ रुपैयाँ’ चलचित्रले आउँदा दिनमा कस्तो व्यापार गर्ने हो, नालीबेली शुक्रबार नै थाहा हुनेछ । तर, चलचित्रका कलाकार निश्चल बस्नेतको जोडी, मेनुका लगायत गीत संगीतको प्रभावका कारण पनि चर्चा पाएको हो ।

मंगलबार देखि नै बुकिङ खुल्ला गरिएको ‘२ रुपैयाँ’ चलचित्रले शो पाएको मल्टिप्लेक्सहरुमा ओपनिङमै राम्रो व्यापार गर्ने टिमको बिश्वास छ । चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान लगायतका कलाकारको मुख्य भुमिका छ । असिम शाहले यो चलचित्रको निर्देशन गरेका हुन् ।