You are here
Home > राजनीति > स्थाीनय तहको निर्वाचनका लागि रातभरी उम्मेदवारी दर्ता

स्थाीनय तहको निर्वाचनका लागि रातभरी उम्मेदवारी दर्ता

२२ भाद्र २०७४, बिहीबार ०७:४१

महोत्तरी |

प्रदेश नं २ महोत्तरी जिल्लामा ११ बजेसम्म स्थाीनय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ । जिल्लाको कुल ७२० पदका लागि हजारौँको संख्यामा उम्मेदवारी भएकाले सो कार्य अबेर रातिसम्म चलेको छ ।

k|d’v निर्वाचन अधिकृत किरणकुमार पोखरेलको अनुसार जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकामा भएको उम्मेदवारी दर्ता राति अबेरसम्म चलाउनु परेको हो । बिहान १० बजे देखि भएपनि उम्मेदवारी दर्ता र राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले बेलुका ३ बजेपछि मात्र दर्ता गरेका थिए ।

राति ११ बजेसम्म सबै उम्मेदवारको उम्मेदवारी दर्ता गरिसके पनि राति २ बजेसम्म पनि कम्प्युटर इन्ट्री गर्न नसकेको र बिहीबार बिहान मात्रै जिल्लामा कति उम्मेदवारी दर्ता भएकोबारे स्पष्ट हुने जानकारी दिए।