You are here
Home > खेलकुद > नेपालले भुटानलाई हरायो

नेपालले भुटानलाई हरायो

२२ भाद्र २०७४, बिहीबार १८:०९

काठमाडौं |
पालले राजधानीमा जारी साबा यू–१६ पुरुष बास्केटबलमा बुधबार नेपालले विजयी सुरुआत गरेको छ । राखेप कभर्डहलमा नेपालले भुटानलाई ९६–३८ स्कोरले हराएको छ ।

नेपालले चार क्वाटरमा २६–१०, १३–१४, २६–६, २१–८ को प्रदर्शन गरेको थियो । टोलीको जितमा अभिषेक सिंहको सर्वाधिक २३ स्कोर जोडे । चिरन्जीवी रोकायाले २०, आशिष बस्नेतले १२, सन्तोष खत्रीले ८, आकृत शाहीले ७, सयुन राई, निखिल डंगोल र सतीश लामाले ६–६, विक्रम बानियाँले ४, सुरेश बिकले ३ तथा आशिष भुजेलले १ स्कोरको योगदान गरे ।

त्यसअघि प्रियांशुको २८ स्कोरमा भारतले बंगलादेशलाई ८२–६५ ले हरायो । भारतको लगातार दोस्रो जित हो । भारत ४ अंकसाथ शीर्षस्थानमा छ । बंगलादेशको दुई खेलमा पहिलो हार हो । मंगलबार भारतले माल्दिभ्स तथा बंगलादेशले भुटानलाई हराएका थिए ।