You are here
Home > अर्थ/बजार > चन्द्र सुर्य इभेन्ट द्धारा आयोजित दशैं मेलाले बाढी पिडितलाई सहयोग गर्ने

चन्द्र सुर्य इभेन्ट द्धारा आयोजित दशैं मेलाले बाढी पिडितलाई सहयोग गर्ने

२३ भाद्र २०७४, शुक्रबार ०२:५४

भक्तपुर ।

चन्द्र सुर्य इभेन्ट प्रा.लि. द्धारा भक्तपुरको सल्लाघारी चौरमा भाद्र ३० देखि दशै मेला हुँने भएको छ । उक्त मेलाको टिकट बाट उठेको रकम केही प्रतिशत तराईका बाढी पिडितहरुलाई छुटाइने भएको छ ।

नेपालीहरुको महान दशैं पर्वको अवसरमा  दशैंका लागि आवश्यक समान मेलामा राखिने छ । मेलामा भक्तपुरका स्थानीय मौलीक उत्पादनलाई पहिलो प्राथमिकतामा राखिने उक्त मेलामा अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानको स्टल समेत राखिने छन् ।  दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री र पर्यटन प्रवद्र्धन गर्ने स्टल पनि राखिने बजार ब्यबस्थापक गगन के.सि.ले जानकारी दिए ।

मेलामा १०० भन्दा बढी स्टल भएको र ऐर बेलुन डिस्प्ले, चंगा चेट प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रमहरु, स्लो बाइक रेसिंग इभेन्ट, फन एण्ड गेम र विभिन्न खानाका स्टलहरु प्रमुख आकर्षणका रुपमा छन् । अफिसियल ब्याण्ड द सर माउन्ट नेपाल, द एक्स ब्याण्ड, अनुप्रस्था ब्याण्ड, एम टि ८८४८ ब्याण्ड, लगायत थुप्रै लोकल ब्याण्डहरुका चिरपरिचित गायकहरु धिरज राई, संजीव सिंह, राजन इसान, हरि कर्माचार्य, युबराज चौलागाई, ज्योति मगर, मिरा न्यौपाने, पार्वती अधिकारी र सबिन लामा लगायतका गायकहरुले दैनिक सांस्कृतिक प्रस्तुति पेश गर्ने छन्

मेलामा हरेक दिन केदार घिमिरे “माग्ने बुढा”, सुरेन्द्र केसी “मुला साग”, किरण केसी, दमन रुपाखेती, महादेव त्रिपाठी, जोगेन्द्र पानावाला, दिनेश काफ्ले एबं विभिन्न हास्य कलाकारहरुको हास्यब्यङ्ग प्रदर्शन हुने मेलाका प्रचार व्यवस्थापक सुरज प्रधानले जानकारी दिएका हुन ।

दशैको उपलक्ष्यमा आयोजना गरिएको व्यापारिक र मनोरन्जनात्मक “हाम्रो दशै मेला २०७४” भाद्र ३० देखि असोज ५ सम्म संचालन हुनेछ । मेलाको टिकट शुल्क विधार्थी र बालबालिकाको लागि छुट्टै ब्यवस्था गरिएको छ । जेष्ठ नागरिकलाई निशुल्क प्रवेश गर्न पाउँने ब्यवस्था र उक्त मेलाको टिकटबाट उठेको केहि रकम बाढी पिडित र भक्तपुरको सामाजिक संस्थालाई सहयोग गर्ने मेलाका अध्यक्ष अमित लाल श्रेष्ठले बताए ।