You are here
Home > प्रवास > एनआरएन अमेरिकाको चुनाबमा क–कस्ले जित्यो

एनआरएन अमेरिकाको चुनाबमा क–कस्ले जित्यो

२३ भाद्र २०७४, शुक्रबार ०६:४६

अमेरिका |
गैर आवासीय नेपाली संघ (एनआरएन अमेरिका) को निर्वाचन सम्पन्न भएको छ । चुनावमा २२६ उम्मेदवारहरु मध्ये ४८ जना मतदानबाट बिजयी भएका छन् भने १०७ जना निर्विरोध निर्वाचित छन् ।

निर्वाचन आयोगले प्रकासित गरेको सूची अनुसार राष्ट्रिय अध्यक्षमा ४ जना, राष्ट्रिय समितिमा वरिश्ठ उपाध्यक्षमा सुनिल शाहले ४,१४५ मत लिएर बिजयी भएका छन् । क्षेत्रिय उपाध्यक्षहरुमा मिड वेस्ट रिजनल उपाध्यक्षमा राधा के पौडेल, नर्थ ईस्ट रिजनल उपाध्यक्षमा रामकुमार सुबेदी, साउथ रिजनल उपाध्यक्षमा जेदु पोख्रेल, वेस्ट रिजनल उपाध्यक्षमा उमा कार्की थापा बिजयी भएका छन् ।

त्यसैगरी, राष्ट्रिय महासचिव पदमा प्रतिस्पर्धीहरु मध्ये बाबुराम लामाले २,५९३ मत ल्याएर बिजयी भएका छन् भने, राष्ट्रिय सचिव पदमा होमनाथ गौतम बिजयी भएका हुन । कोशाध्यक्ष पदका प्रकाश अर्यालले २,८२१ मत ल्याएर बिजयी भएका छन् भने, सह(कोशाध्यक्ष पदका पवन योन्जन जितेका हुन ।

राष्ट्रिय महिला संयोजक पदमा ईन्दिरा तृपाठीले ४,२२८ मत ल्याएर बिजयी भएकि छिन् भने, राष्ट्रिय युवा संयोजक स्वराज खाती निर्विरोध निर्वाचित बनेकाछन् । समितिको ११ जना बोर्ड अफ डाईरेक्टर पदको लागि ३३ जना प्रतिस्पर्धी रहेका थिए । जस मध्ये बिजयीहरु अमृत बाबु कट्टेल, आङ निमा गेल्जे शेर्पा, अर्जुन बन्जाडे, बिन्दु साप्कोटा निरौला, दिब्या केसी ओली, गोपेन्द्रराज भट्टराई, कृष्ण पि लामिछाने, पृतिसागर खत्री, सन्जय थापा, तृश्णा शर्मा र विश्णुबहादुर शाह छन् ।

आईसिसी ८ पदमा बलराम थापा, बन्दना कोईराला, बेदराज बस्नेत, बिश्णुमान प्रधान, धर्म भट्टराई, डिल्लीराम भट्टराई, गोमा सेन र प्रकाश साप्कोटा बिजय भएका हुन । राज्य च्याप्टरको अध्यक्ष पदमा रामहरी अधिकारीले बिजयी भएका छन् भने, न्यू योर्क राज्य च्याप्टरको उपाध्यक्ष विश्णु राना मगर, सचिव महेशकुमार खड्का र युवा संयोजक बिजय गुरुङ छन् । कोशाध्यक्षमा अनु खड्का बिजयी भएकिछिन् भने, महिला संयोजकमा कन्चन बस्नेत १,२८० मत ल्याएर बिजयी भएकिछिन् ।

निर्विरोध निर्वाचित राज्य च्याप्टर प्रेसिडेण्टहरुमा नविन खनाल (वासिङ्गटन), गोविन्द सुबेदी (भर्जिनिया), गोविन्द पौडेल (ओहायो), सम्मर बहादुर बुढाथोकी (न्यू जर्सी), डम्बर बि कडरिया (न्यू ह्याम्पसायर), जगनलाल श्रेष्ठ (मिचिगन), दुर्गाप्रशाद श्रेष्ठ (मेरिल्याण्ड), दिल्लुराम पराजुली (केन्टुकी), राजिव श्रेष्ठ (ईण्डियाना), सत्य एन चौधरी (ईलिनोई), महेन्द्र बस्नेत (आयोवा), बिश्णु के कार्की (मासाचुसेट्स्) र दिवाकर महर्जन (ओरेगन) छन् ।

न्यू योर्क, न्यू जर्सी, विस्किन्सन, वासिङ्गटन, भर्जिनिया, टेक्सास, ओहायो, ओरेगन, न्यू ह्याम्पसायर, मासाचुसेट्स, नर्थ क्यारोलिना, मिचिगन, म्यारिल्याण्ड, केन्टकी, ईण्डियाना, ईलिनोई, जर्जिया, कनेक्टिकट, क्लोराडो र क्यालिफोर्निया । जस मध्ये न्यू योर्क राज्य, टेक्सास, विस्किन्सन, नर्थ क्यारोलिना, कनेक्टिकट, क्लोराडो, क्यालिफोर्निया राज्यको प्रेसिडेण्ट पदमा प्रतिस्पर्धा रहेको छ भने अन्य राज्यहरुमा अध्यक्ष पद लगायत अधिकांश पद निर्बिरोध निर्वाचित भएको छ ।