You are here
Home > कला > नेपाल आइडलको रजिल्ट बाहिर आउनु भन्दा पहिले सागरले सामाजिक संजालमा लेखेको स्तट्स

नेपाल आइडलको रजिल्ट बाहिर आउनु भन्दा पहिले सागरले सामाजिक संजालमा लेखेको स्तट्स

२३ भाद्र २०७४, शुक्रबार १७:४८

काठमाडौ |

आदरणिय मेरा प्यारा दर्शक मलाई देख्नुहुने र सुन्नुहुने सबैमा नमस्कार अनि शुभ प्यार । मेरो गायकी र प्रतिभाको सम्मान गर्दै देश भित्र र बाहिरबाट मलाई यो स्थान सम्म दिलाउनुहुने सबैको ऋणी छु । हजुरहरु सबैलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।

हुन त मन पराउनु र माया गर्नु बेग्लै कुरा हो । मन पराउनेले त्यो चिज आफू संग लान खोजेको हुन्छ भने माया गर्नेले त्यही ठाउँमा जतन साथ राख्न चाहेको हुन्छ । मैले हजुरहरुबाट दुवै कुरा पाएको छु । हजुरहरुको म प्रतिको माया देख्दा मेरो हृदय भरिएर आँखाबाट आँशु झर्दछ ।

आज फेरि म हजुरहरुको घर आगनमा नेपाल आइडलको मञ्चबाट नयाँ प्रस्तुति लिएर आउदैछु । मेरो प्रेरणाको श्रोत भनेको नै हजुरहरु हुनुहुन्छ । भरपुर मनोरञ्जन दिने प्रयास गर्नेछु । मेरो प्रस्तुति हेरेर मलाई सुझाब र सल्लाह दिनुहोला । सदैब म मेरा प्यारा दर्शक र श्रोताहरुको  सुझाबको प्रतिक्षामा रहने छु।

Thank You
Love you all.

(नेपाल आइडलबाट भर्खरै सागर आले बाहिरिनु भन्दा केहि समय पहिले सामाजिक संजालमा पाेखेका शब्दहरूकाे सम्पादित अंश | सागर बाहिरिएसँगै अब नेपाल अाइडलकाे शीर्ष तीनमा बुद्ध लामा, निसान भट्टराई, प्रताप दास बाकीं रहेका छन्।)