You are here
Home > राजनीति > बाबुराम र बिप्लपका कार्यकर्ता माओबादी केन्द्रमा प्रबेश

बाबुराम र बिप्लपका कार्यकर्ता माओबादी केन्द्रमा प्रबेश

२४ भाद्र २०७४, शनिबार १७:०१

भक्तपूर |

भाद्र २४, नयाँ शक्तिका १२ सिसियम कार्यकर्ता र नेकपा (माओवादी) विप्लव नेतृत्वको जिल्ला पार्टी कमिटी गरी करिब १०० भन्दा बदी माओबादी केन्द्रमा प्रवेश गरेका छन्

भक्तपुरको सूर्यविनायक स्थित यो-यो पातिप्यालेसमा आयोजित वृहत बैचारिक राजनितिक धुव्रिकण कार्यक्रममा दुई पार्टीका जिल्ला अध्यक्ष सहतिको समूह माओवादी केन्द्रमा प्रबेश गरेका थिए । बाबुरामका कार्यकर्ता मात्र नभै विप्लपका कार्यकर्ता पनि माओबादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेकपा (माओवादी) विप्लव नेतृत्वको जिल्ला पार्टी कमिटी अध्यक्ष युवराज आर्चायको नेतृत्वमा ७२ जनाले पार्टी प्रवेश गरेका छन् । त्यसैगरि नयाँ शक्ति नेपाल पार्टीका जिल्ला संयोजक ओम वाग्लेको नेतृत्वमा कार्य समिति र केन्द्रिय परिषदका केहि सदस्य गरी ६२ जना माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्रका भक्तपुर संयोजक डिपी ढकालले जानकारी दिए ।

उक्त कार्यक्रका प्रमुख अतिथि माओवादी केन्द्रका संगठन विभाग प्रमुख रामबहादुर थापा (बादल)ले वैचारिक धुव्रिकरण अहिलेको आवश्यकता भएको बताए ।