You are here
Home > Front News > चार बर्षे राजकुमार जर्जको बिहीबार देखि विद्यालय यात्रा

चार बर्षे राजकुमार जर्जको बिहीबार देखि विद्यालय यात्रा

२५ भाद्र २०७४, आईतवार ०३:४४
बेलायत ।
चार बर्षे उमेरका बेलायत राजकुमार जर्ज बिहीबार देखि  विद्यालय यात्रा गरेको हो । प्रारम्भिक तहको सो विद्यालय दक्षिणपश्चिमी लन्डनमा रहेको छ ।
बुबा विलियमले राजकुमार जर्जलाई थोमस बाटरसेअ स्कुलमा लगेका थिए । राजकुमार जर्जकी आमा राजकुमारी क्याथेरिन भने तेस्रो बच्चा जन्माउन गर्भवती भएको हुनाले केही दिनदेखि घरमै आराम गरिरहेको हुँदा छोराको स्कुल सम्म जान नपाएको केन्सीङटन दरबारले जनाएको छ ।
अब जर्ज विद्यालय समय भरी विद्यालय पोशाकको रुपमा रहेको गाढा निलो सर्ट र ज्याकेट, रातो लामो मोजा र कालो जुत्ता लगायर, आम बिद्यार्थी झैँ विद्यालयको पोशाकमै रहने बताएका छन् । जर्जले पढ्ने कक्षाकोठमा अरु २० जना छात्रहरु पनि रहने छन् ।
राजदरबारका परिवारलाई विद्यालयमा कुनै खास र छुट्टै सेवा सुविधा र व्यवहार नहुने विद्यालयका प्राधानाध्यापक बेन थोमसले स्पष्ट पारे ।