You are here
Home > राजनीति > जनयुद्ध लडेर मधेसमा गणतन्त्र, संघीयता, समानुपातिकता आएको – प्रचण्ड

जनयुद्ध लडेर मधेसमा गणतन्त्र, संघीयता, समानुपातिकता आएको – प्रचण्ड

२६ भाद्र २०७४, सोमबार ०१:३४
बारा |
भदौ २४, जनयुद्धका कारण संघीयता आएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । देशमा गणतन्त्र, संघीयता, समावेशी गर्न नसकिने अवस्थामा आफूहरुले लडेको बताए ।
बलरामपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले ‘हामीले जनयुद्ध लडेर मधेसमा १३ सयको रगत बगाएर, सम्पूर्ण उत्पीडित जनताको पहिचान र अधिकारको लडाइँ उचाइमा पुगेपछि मधेसवादी दल पनि संघीयता भन्न सक्ने भए । जनयुद्धका क्रममा मधेसमा १३००  नेता र कार्यकर्ताले रगत बगाएपछि मधेसी दलले संघीयता भन्न पाएको बताएका छन् । ‘हामीले जनयुद्ध लड्यौं, त्यो बेला हामीबाहेक कुनै पनि पार्टीमा गणतन्त्र, संघीयता, समानुपातिकता भन्ने हैसियत थिएन।’
माओवादी प्रति आलोचनात्मक टिप्पणी आएपछि माओवादी अध्यक्ष प्रचण्डले जनयुद्धका कारण संघीयता आएको भन्दै राजपालगायत मधेसवादी दलहरुको आलोचना गरेका हुन् ।