You are here
Home > कला > भारतीय संगीतकार करन जोसेफको मृत्यु

भारतीय संगीतकार करन जोसेफको मृत्यु

२६ भाद्र २०७४, सोमबार ०१:५४

भारतीय संगीतकार करन जोसेफले आत्महत्या गरेका छन् । साथीहरुसँग बसेर टिभी हेरिरहेका बेला अचानक उठेर झ्यालतिर गएका र त्यहाँबाट हामफालेका उनका साथीले बताएका छन्।

प्रहरीका अनुसार उनले मुम्बईको बान्द्रास्थित बहुतले भवनबाट शनिबार हामफालेका थिए । साथीहरुले आवाज सुनेर हेर्न जाँदा करन भुइँमा रगताम्मे लडिरहेका थिए । त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेको द इन्डियन एक्सप्रेसमा उल्लेख छ।

कारन साथीहरु सँग एक महिनादेखि संगै बस्दै आएको भवनको १२ औं तलको झ्यालबाट उनी हामफालेका प्रहरीले बताएको छ । करनलाई तत्काल अस्पताल लगिएको थियो । कारनको उपचार नभएपछी सही अस्पतालमै उनलाई मृत घोषणा गरिएको थियो ।

साथीहरुले बताए अनुसार उनी जहाँ जाँदा पनि पियानो सँगै रमाउथे । थुप्रै कन्सर्ट सकीए लगतै करन एक महिना अघि मुम्बई आएका हुन् ।