You are here
Home > राजनीति > प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराए

प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराए

२६ भाद्र २०७४, सोमबार ०८:४३

काठमाडौं।

भाद्र २६ सोमबारका दिन प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराएका थिए ।

राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रिहरुले राष्ट्रपतिबाट सपथ खाएका हुन् । उनीहरूले सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा अायाेजित कार्यक्रममा पद तथा गोपनियताका सपथ लिएका हुन् ।

राष्ट्रपति कार्यालयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का ३ जना थपिएका  नवनियुक्त मन्त्री बोहोराले विज्ञान तथा प्रविधि, मन्त्री विक्रम पाण्डेले वन तथा भू संरक्षण र मन्त्री सुनिल थापाले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् । आजै उद्योग राज्यमन्त्री रेशम लामालाई प्रधानमन्त्रीको कार्यलयमा सपथ खुवाइएको छ ।

राष्ट्रपति कार्यालयमा सपथ खाने मन्त्रीहरुमा राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे, दीपक बोहरा  र सांसद सुनिलबहादुर थापा थिए । सरकारमा ३ मन्त्री र १ राज्यमन्त्री थपिएपछि देउवा नेतृत्वको मन्त्रिपरिषद् ५४ सदस्यीय भएको छ ।