You are here
Home > खेलकुद > देशमा व्यावसायिक खेलाडी उत्पादन गर्नेतर्फ सरकार

देशमा व्यावसायिक खेलाडी उत्पादन गर्नेतर्फ सरकार

२६ भाद्र २०७४, सोमबार ०९:२६

 

 कास्की |

देशमा व्यावसायिक खेलाडी उत्पादन गर्नेतर्फ सरकार लागेको छ । कास्कीमा जिल्ला टेनिस संघद्वारा आयोजित नेपाल आइटिएफ सिनियर च्याम्पियनसिपको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री राजन केसीले देशमा व्यावसायिक खेलाडी उत्पादन गर्नेतर्फ सरकार निरन्तर लागि परेको बताए ।

पोखरामा खेल पर्यटनको विकासमा धेरै सम्भावना रहेको हुनाले नेपालमा खेलको विकासका लागि सरकार संगसंगै हातेमालो गर्दै उद्योगी, समाजसेवी सबैको साथ र सहयोग देशलाई आवश्यक भएको बताए ।

‘पोखरालाई खेलको केन्द्र बनाउने हाम्रो योजना छ’, मन्त्रिले थपे, ‘दक्षिण एशियाली खेलकुदका छवटा खेल पोखरामा गर्ने लगभग तय भइसकेको छ, थप अध्ययनपछि उक्त संख्या सात/आठ पुग्न पनि सक्छ ।’ खेलको विकासको लक्ष्यका साथ सरकारले हाई अल्टिच्यूड ट्रेनिङ सेण्टरको स्थापनाको तयारी गर्न लागेको पनि बताए ।

जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थले प्रतियोगितामा फिनल्याण्ड, भारत र नेपालका गरी ९० जना प्रतियोगीले भाग लिने जानकारी दिए ।