You are here
Home > कला > न्युयोर्कको सांगितिक कार्यक्रममा सविन र शिव

न्युयोर्कको सांगितिक कार्यक्रममा सविन र शिव

२७ भाद्र २०७४, मंगलवार ०३:५१

अमेरिका |

न्युयोर्कको मेलरोज बल रुममा हुने सांगितिक कार्यक्रममा गायक सविन राई र शिव परियार यही सुक्रबार दर्शक संग रमाउने भएका छन् । लछान फाउण्डेसन, लाइटआउट इन्टरटेनमेन्ट र छेपाक डि गुरुङको आयोजनामा हुन लागेको कार्यक्रम बेलुकी ८ बजेदेखि शुरु हुने भएको छ ।

दर्शकहरुलाई मनोरञ्जन दिई व्यवस्थित रुपमा गरिने यो पुरै नाफामुलक कार्यक्रम भएपनि संकलित रकमको केही बाढिपिडितलाई पनि दिने योजना रहेको र विदेशमा नेपाली संगितको प्रर्वद्धन गर्नका लागि पनि यो कार्यक्रम गर्न लागेको आयोजक छेपाक डि गुरुङले जानकारी दिनु भएको छ ।

छेपाकका अनुसार कार्यक्रममा सविनले भिसा पाएपनि उनको व्याण्डले नपाएपछि कार्यक्रम आयोजना गर्दा आफुहरुलाई कठिनाई भएको बताए । कार्यक्रम १४ सय दर्शक अटने क्षमता रहेको मेलरोजमा गर्न लागेको गुरुङले थपे । सांगितिक कार्यक्रमपछिको डिजे जम, डिजे बाटु, डिजे बालकट र अतिथि डिजे पि्रयको प्रस्तुती हुने भएको छ ।

कार्यक्रममा सविन र शिवसंगै अतिथि कलाकारको रुपमा भारतीय गायक अमित पल र स्थानीय विभिन्न व्याण्डहरुसंगै लाहुरे कान्छाको पनि प्रस्तुती हुने छ ।