You are here
Home > राजनीति > बिष्ट कालो धानतिर लाग्दा शर्मा एक्ला उम्मेदवार

बिष्ट कालो धानतिर लाग्दा शर्मा एक्ला उम्मेदवार

२७ भाद्र २०७४, मंगलवार १०:२६

आगामी मसिर १० गते हुन गैरहेको संघ र प्रदेशको चुनावमा ६ न प्रदेश अन्तर्गत पर्ने पश्चिम रुकुमबाट ने क पा माओबादी केन्द्रका तर्फबाट  गृहमन्त्री श्री जनार्दन शर्मा प्रभाकर एक्ला उम्मेदवार हुने निश्चित भएको कुरा निकतष्ट श्रोतबाट थाहा हुन आएको छ ,शर्मा  पहिलो र दोश्रो संबिधान सभा चुनाबमा रुकुमा २ बाट नै निर्बाचित भएका थिए /

६ न प्रदेशमा पर्ने  रुकुम बिभाजन भए संगै  पश्चिम रुकुममा जनार्दन शर्मा संगै प्रतिष्पर्धीको रुपमा माओबादी केन्द्र कै अर्का नेता श्री लोकेन्द्र बिष्ट मगर भए पनि उनि अहिले राजनीति भन्दा पनि काभ्रेपलान्चोकमा कालो धानको खेति किसानी तिर लागेको हुनाले शर्मा एक्ला प्रतिष्पर्धी देखिन्छ,शर्मा  नेपालको शान्ति तथा पुनर्निर्माण मन्त्री,ऊर्जा मन्त्री  हुँदा  बिबाद मुक्त र राम्रो काम गरेका  मन्त्रीहरु मध्येमा गनिनु हुन्छ  भने हाल  उहाँ गृहमन्त्री हुनुहुन्छ,नेता  लोकेन्द्र  बिष्टमगर भने  भर्खरै सम्पन्न स्थानिय निर्वाचनमा समेत जिल्ला नफर्केको तथा राजधानीमा नै भए पनि खासै जिल्लाबासिहरुसंग भेटघाटमा समेत कुनै चासो नदेखाउने गरेको  कुरा स्थानिय नेताहरु बताउछन/