You are here
Home > खेलकुद > उत्कृष्ट युवा वर्ष खेलाडी मनिता श्रेष्ठलाई

उत्कृष्ट युवा वर्ष खेलाडी मनिता श्रेष्ठलाई

२७ भाद्र २०७४, मंगलवार १०:५३
काठमाडौ |
भाद्र २६, २०७४-पल्सर स्पोट्र्स अवार्डमा उत्कृष्ट युवा वर्ष खेलाडी जुडोकी मनिता श्रेष्ठ घोषित भएकी छिन। सोमबार भएको अवार्ड वितरण समारोहमा उनलाई अवार्ड सँगै पचासहजार नगद दिइएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्चले राजधानीमा आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड २०७३ मा  मनिता वर्षको उत्कृष्ट युवा खेलाडीबाट सम्मानित भएकी छन् । उनले क्रिकेटका दिपेन्द्र ऐरी, फुटबलका अनन्त तामाङ, भरोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा मालीलाई पछि पार्दै उक्त अवार्ड हात पारेकी हुन् ।

अनिताले कोचीमा भएको १० औं क्याडेट एसियन जुडो च्याम्पियनसिपमा ३ खेल जितेर कांस्यसम्म पुगेकी थिइन् । सातौं राष्ट्रिय खेलकुद, उपत्यकाव्यापी अम्बिका मेमोरियल च्याम्पियनसिप र ओलम्पिक डे सिनियर जुडोमा स्वर्ण जित पनि हात पारेकी थिइन् । त्यसै गरी अम्बिका मेमोरियलकी सर्बोत्कृष्ट खेलाडी  साथै एसियन जुडो च्याम्पियनसिप, उज्वेकिस्तानमा सहभागी पनि भएकी थिइन्