You are here
Home > राजनीति > मधेसका पार्टीहरु आफैंमा एक अर्का सँग झगडा गर्छन-प्रधानमन्त्री देउवा

मधेसका पार्टीहरु आफैंमा एक अर्का सँग झगडा गर्छन-प्रधानमन्त्री देउवा

२८ भाद्र २०७४, बुधबार १३:५३
जनकपुर |
 प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसको मुद्दा मधेस केन्द्रित दलहरुले कहिल्यै सम्बोधन गराउन नसक्ने बताएका छन् । मधेसका पार्टीहरु आफैंमा एक अर्का सँग झगडा गरेको आरोप लागाए ।
‘मधेसलाई कसरी मिलाउँछन् ?’ देउवाले प्रश्न गरे । उनले मधेस र पहाडबीच दुरी बढाउने षडयन्त्रमा एमाले फसेको दाबी समेत गरे । मालेले संविधान संशोधन विपक्षमा मतदान गरेर गल्ती गरेको उनको भनाइ छ। प्रधानमन्त्री देउवाले मधेसमा वर्षेनी आउने बाढीको समस्या समाधानका लागि आफ्नो भारत भ्रमणका क्रममा पहल गरेको समेत जोडे ।
‘मधेसमा बाढीले ठुलो कहर मच्चाईरहेको समयमा भएको मेरा भारत भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विहारका मुख्य मन्त्री नितिश कुमार सँग बाढी समस्या सामाधानका लागि पहल गरेको छु । नेपाल र भारतका प्रधानमन्त्री स्तरीय बैठकले उच्चस्तरीय प्राविधिक टोली खटाएर समाधान खोज्ने सहमति भएको छ,’ उनले भने ।
नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादवको अध्यक्षतामा भएको चुनावी सभालाई नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, नेता कृष्णप्रसाद सिटौला, पूर्व उप–प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, खानेपानी तथा सरसफाई मन्त्री रामकृष्ण यादव, बालकृष्ण खाँड, लिला कोइराला, प्रेम किशोर साह, चन्द्रमोहन यादव, मिनाक्षी झा, दिनेश प्रसाद प्रसैला, पुष्पलत्ता लामा, मुक्ता कुमारी यादव, प्रमिला दास, रश्मी ठाकुर सहितका नेताहरुले सम्बोधन गरेका थिए ।