You are here
Home > राजनीति > स्थानीय तह निर्वाचनमा आचारसंहिता नमिचिएको दावी-प्रचण्ड

स्थानीय तह निर्वाचनमा आचारसंहिता नमिचिएको दावी-प्रचण्ड

२८ भाद्र २०७४, बुधबार १४:०६

सिरहा |

पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सिरहाको गोलबजारमा आयोजित माओवादी केन्द्रको चुनावी सभालाई सम्बोधन गर्दै २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा आचारसंहिता नमिचिएको दावी गरेका छन् ।

‘सबैमा चुनावको उत्साह छ, सिंगो मधेस चुनावमय छ, सबैले यो उत्सव मनाइरहेका छन्, बालकदेखि बृद्धसम्मलाई चुनाव लागेको छ’, प्रचण्डले भने । ‘बालबालिकादेखि बृद्ध, महिला र पुरुषमा मधेसमा हुने स्थानीय तह निर्वाचनले खुसी ल्याएको बताउँदै प्रचण्डले विगतको अवस्था सम्झिन” आग्रह गरे । ‘मैले आफूले गरेको कामको जस यसरी शान्तिपूर्णरुपमा चुनाव सुनिश्चित हुने अवस्थाबाट पाएको छु, निर्वाचन आयोगले पनि यो उत्साहलाई सफलताका रुपमा लिनुपर्छ’, उनले भने ।

प्रचण्ड आफू प्रधानमन्त्री भएको बेला निर्वाचन कल्पनाबाहिरको विषय रहेको स्मरण गर्दै यो चुनावी उत्साहलाई सफलता र खुसीका रुपमा लिनुपर्ने तर्क गरे ।