You are here
Home > समाचार > क्वालालम्पुरको धार्मिक स्कुलमा आगलागी

क्वालालम्पुरको धार्मिक स्कुलमा आगलागी

२९ भाद्र २०७४, बिहीबार ०८:०६
 मलेसिया |
राजधानी क्वालालम्पुरको धार्मिक स्कुलमा आगलागी हुँदा शिक्षक र विद्यार्थी गरी २४ जनाको ज्यान गएको छ। तफिक दरुल कुरान इत्तफाकियामा बिहीबार बिहान आगलागी भएको थियो ।
अहिले सम्म मृत्यु हुनेमध्ये २२ जना विद्यार्थी रहेको बताइएको छ । २२ जना नै १३ देखि १७ वर्ष बीचका केटाहरु रहेका छन् ।

बिहीबार बिहान पौने ६ बजे आगलागी सुरु भएको थियो । भवनलाई ग्रिलले घेरेको हुनाले भित्रबाट खोल्न असम्भव रहेका कारण त्यति ठूलो मानवीय क्षति भएको बताइएको छ।