You are here
Home > खेलकुद > एसिसी यु–१९: नेपाल समूह विजेता

एसिसी यु–१९: नेपाल समूह विजेता

२९ भाद्र २०७४, बिहीबार ०९:४२

ओमान |

एसिसी यु–१९ एसिया कप पुर्वी क्षेत्र छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा सिंगापुरलाई ७ विकेटले पराजित गर्दै नेपाल समूह विजेता बनेको छ । यसअघि नै सेमिफाइनल यात्रा तय गरिसकेका दुवै टोली समूह विजेता बन्ने होडमा बिहीबार क्लब ओमान मैदान उत्रिएका थिए ।

नेपालका लागि सन्दिप सुनारले २० रन जोडे । ३५ बलको सामना गरेका सन्दिपले २ चौका प्रहार गरे। त्यस्तै, अनिलकुमार साहले ३ चौकाको मदतमा १८ रन जोडे भने सुमित महर्जन १० तथा सन्दिप जोरा ७ रनमा नटआउट रहे। त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले २८.३ ओभरमा सवै विकेट गुमाएर ६७ रन बनाएको थियो। उसका सिद्धान्तले २०, आर्यामन सुनिलले २० तथा रोहन रंग्रार्जुनले ११ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका पवन सरार्फले ६ विकेट लिए। ८ ओभर बलिङ गरेका उननले ४ मेडन राख्दै १२ रन खर्चेर सो विकेट लिएका हुन्। त्यस्तै किशोर महतोले २ तथा सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए। सुरुवाती दुई खेल जित्दै नेपाल र सिंगापुर दुवै सेमिफाइनलमा पुगिसकेका छन्।