You are here
Home > कला > नेपथ्यको ‘सिरानमा फोटो छ’ नयाँ म्युजिक भिडियो

नेपथ्यको ‘सिरानमा फोटो छ’ नयाँ म्युजिक भिडियो

३० भाद्र २०७४, शुक्रबार १३:३६

काठमाडौं |

नेपथ्यले आफ्नो रजत उत्सव पारेर नयाँ ‘मै मरिजाउँला’ म्युजिक भिडियो रिलिज गरेको छ। लोकरक ब्याण्ड नेपथ्यको स्थापना २५ वर्ष पुगेको अवसरमा ब्याण्डले यो वर्षभरि नयाँ म्युजिक भिडियो उपहार दिने घोषणा गरेको थियो।

‘हामीले हरेक अल्बममा औसत दस वटाजति गीत समावेश गर्दै आइरहेका छौं ’ नेपथ्यकै अमृत गुरुङ भन्छन्, ‘त्यसमध्ये जहिले पनि एकाध गीतहरु मात्र लोकप्रिय हुन्छन् र बाँकीका गीतहरु ओझेलमा पर्छन्। त्यस्तै भाग्य बोकेको यो गीतको यति समयपछि म्युजिक भिडियो बनेर युट्युब मार्फत फेरि रिलिज हुन लागेकोमा असाध्यै खुशी लागेको छ।’

नेपथ्यको यो गीत नवौं अल्बम ‘ऐनाझ्याल’बाट लिइएको हो। ‘मै मरिजाउँला’ गीतका शब्द र संगीत लाङटाङ भेगतिर भेटिने लोकभाकामा आधारित छ जुन स्थानमै नेपथ्यको लोकप्रिय गीत ‘भेँडाको ऊनजस्तो’ निकै चर्चामा आएको थियो । नेपथ्यले आफ्नो आधिकारिक युट्युव च्यानलमा अपलोड गरिएको यो आठौं म्युजिक भिडियो हो।