You are here
Home > राजनीति > अष्ट्रेलियाबाट भूकम्प पीडित परिवारलाई सहयोग

अष्ट्रेलियाबाट भूकम्प पीडित परिवारलाई सहयोग

३० भाद्र २०७४, शुक्रबार १३:५४

तेह्रथुम ।

छथर गाउँपालिका-२ हमरजुङका आर्थिक अवस्थाका कारण छाप्रोमा जीवन गुजारा गर्दै आएका तेह्रथुमको गंगाबहादुर लिम्बूको परिवारलाई अष्ट्रेलियाबाट सहयोग भएको छ ।

विभिन्न सञ्चार माध्यमले लिम्बूको बारेमा समाचार प्रशारण भएपछि अष्ट्रेलियास्थित किराँत याक्थुङ चुम्लुङ नामक संस्थाले राहत संकलन अभियन चलाएको थियो । कलाकार यासेली योङहाङको सक्रियतामा सो संस्थाले चलाएको अभियानमा संकलित ५० हजार २३० बिहीबार जिल्ला सदरमुकाम म्याङलुङमा कलाकार योङहाङले लिम्बूका छिमेकी अर्चना खड्का र सीता तुम्खेवालाई पीडितसम्म पु¥याउन प्रदान गरिएको थियो ।

२०७२ सालको भूकम्पले क्षति गरेपछि अहिले सम्म पनि लिम्बूको घर  पुनःनिर्माण गर्न नसक्दा उनले खुल्ला आकाशमा रात कटाउँदै आएका थिए ।