You are here
Home > कला > मिस एयर होस्टेसको विजेतालाई रोजगारी

मिस एयर होस्टेसको विजेतालाई रोजगारी

३१ भाद्र २०७४, शनिबार ०१:५९

काठमाडौ |

नाटे मिस एयरहोस्टेज फेमिना’को फाइनल आगामी असोज–५ मा हुने भएको छ । सोहि कार्यक्रम नर्दन लाईट एकेडेमी अफ एभिएशन एन्ड टेक्नोलोजी (नाट) को मुख्य प्रायोजनमा हुने भएको हो ।

नयाँ वानेश्वरस्थित नाट नेपालकै पहिलो अन्तर्राष्ट्रिय सम्बन्धनमा खोलिएको एभिएशन एकेडेमी हो । जसले पहिलो पटक मिस एयरहोस्टेज फेमिनाको टाइटल स्पोन्सर गरेको छ । विश्व मिडियाले आयोजना गरेको प्रतियोगितामा व्यक्तित्व विकास,मोडेलिङ,एयर होस्टेज, सामाजिक कामका विषयमा सहभागीलाई विभिन्न चरणमा तालिम दिइएको कार्यक्रम संयोजक प्रहित कार्कीले जानकारी दिए ।

नाट मिस एयर होस्टेसको विजेतालाई गोमा एयरमा रोजगारीको अवसर प्रदान गरिने पत्रकार सम्मेलनका क्रममा बताइयो । त्यस्तै फस्र्ट रनरअपलाई नेपाल एयरलाइन्सले थाइल्यान्डको टु वे टिकेट प्रदान गर्नेछ भने नाटको ब्रान्ड एम्बेस्डरको जिम्मेबारी दिइने छ। सेकेन्ड रनरअपलाई नाटमा रोजगारीको अवसर दिइने र २ जना प्रतियोगिलाई म्युजिक भिडियोमा अनुबन्धन गरिने संयोजक कार्कीले बताए ।

पत्रकार सम्मेलनका क्रममा प्रशिक्षण र व्यक्तित्व विकासको तालिम दिइरहेकी एयर होस्टेज प्रिति तिमल्सिना थापाले कामप्रतिको लगाव, एयर होस्टेजमा हुनपर्ने गुणका बारेमा सिकाइएको बताइन्। ‘यस्तो प्रतियोगीताले व्यक्तित्व विकासमा सहजीकरण हुने बुझेका छौं’, उनले भनिन् । विभिन्न चरणको छनौटपछि २० जना प्रतियोगी फाइलनमा पुगेको जानकारी दिइयो।