You are here
Home > समाचार > गायिका आस्था राउतले संगीतकर्मी पुर्ण गुरुङलाई सहयोग

गायिका आस्था राउतले संगीतकर्मी पुर्ण गुरुङलाई सहयोग

३१ भाद्र २०७४, शनिबार १५:४८

काठमाडौ |

संगीतकर्मी पुर्ण गुरुङको किड्नी फेल भएर अस्पतालमा भर्ना भएपछि गायिका आस्था राउतले आम कलाकारहरुलाई सहयोगको अपिल गरेकी छन्। साथै, आफ्नो बुवा हरि बहादुर राउतको हातबाट पुर्ण गुरुङलाई १०००० दिने पनि घोषणा गरेकी छन्।

गुरुङको दुवै मृगौलाले काम नगर्ने भएपछि टिचिङ अस्पताल भर्ना भएका हुन् । ‘किन तिमी मलाई देख्दा हुन्छै टाढा टाढा’, ‘काली पार्यो दाई कति राम्रो’ लगायतका गीतमा काम गरेका गुरुङको  ९ वर्ष पहिले नै मृगौला ट्रान्फर गर्दा उनले १२ लाख सकिसकेका थिए। ट्रान्सफर गरेको उक्त मृगौलाले अहिले काम नगर्ने भएपछि उनी फेरी संकटमा परेका हुन्। गुरुङको ४ देखि ६ महिनाभित्र मृगौला प्रत्यारोपण गर्नु पर्ने छ जसको लागी करिब १५-२० लाख लाग्छ। तर गुरुङको परिवारसँग औषधी किन्ने पैसा पनि छैन् । उनकी पत्नी सुमी गुरुङ भन्छिन्, ‘भएको पैसा जति सबै उपचारमा सकियो अब औषधी किन्ने पैसा पनि छैन्। जति सक्दो सहयोग गरी वहाँलाई बचाइदिनुहोस्।’

एक महिनादेखि गुरुङको उपचारमा अस्पतालमा रहेको परिवारले करिब ४ देखि ५ लाख रुपैयाँ, गरगहना लगायतका सबै सम्पत्ति सकाइसकेको छ र अहिले औषधी किन्ने पैसा पनि नहुदाँ उनीहरु सहयोगको लागि आहवान गरिरहेका छन्।