You are here
Home > राजनीति > रुकुमको जितलाई दम्भको रुपमा नलिन कार्यकर्तालाई आग्रह- प्रचण्ड

रुकुमको जितलाई दम्भको रुपमा नलिन कार्यकर्तालाई आग्रह- प्रचण्ड

३१ भाद्र २०७४, शनिबार १६:५८

रुकुम |

भाद्र ३१ शनिबार, रुकुम पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुकुमको जितलाई दम्भको रुपमा नलिन आफनो कार्याकर्तालाई आग्रह गरेको छ । हिजो माओवादीले जितलाई दम्भका रुपमा लिदा आज पार्टीको हालत यस्तो भएको समेत उनको बताए ।

पूर्वी रुकुमको रुकुमकोटमा आयोजीत जनसभामा  ‘पहिलो संविधान सभापछि कांग्रेस र एमाले मिलेर पनि माओवादी जत्रो पार्टी थिएनन–पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने,‘तर हामिले त्यसलाई दम्भका रुपमा लियौं, पार्टी फुट्यो र तेस्रो पार्टी बन्यौं ।’ अव दम्भलाई त्यागेर अगाडी बढ्ने चेत माओवादीमा आएको समेत बताए ।

उनले, हिजो भुमिगत जनसरकारको जिम्वेरारी सम्हालेका माओवादी नेताहरुले अहिले सबैबाट मान्यता प्राप्त जनसरकारको नेतृत्व गरिरहेको र यो माओवादीका लागि अग्नि परिक्षाको घडि भएको समेत बताए । प्रचण्डले रुकुमका सबै स्थानीय तहमा माओवादी जितेकाले खुशि र चुनौति दुवै रहेको समेत बताए ।

पुर्वि रुकुमलाई छुट्टै जिल्ला बनाउन माओवादी केन्द्रको महत्वपुर्ण भुमिका रहेको समेत प्रचण्डले बताए । ‘पुर्वी रुकुमलाई छुट्टै जिल्ला बनाउन माओबादीले ठुलो संघर्ष गरेको’ भन्दै उनले खुशी व्यक्त गरे ।