
काठमाडौँ |
गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अबको १० बर्ष भित्र रुकुम जिल्ला बेरोजगार मुक्त हुने बताएका छन् । अखिल (क्रान्तिकार) रुकुम–काठमाडौं सम्पर्क समितीलको आयोजनामा आज बानेस्वर स्थित भएको दशैँ तिहार शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री शर्माले रुकुम मात्र नभएर ६ नं प्रदेश पनि नेपाल कै सबैभन्दा शक्तिसाली प्रदेश हुने उद्घोष गरेका हुन् ।
रुकुममा हुर्केका गृहमन्त्री जनार्दन शर्माले सम्पूर्ण नेपालीलाई दसैं तिहार र छट पर्बको शुभकामना दिनुभएको छ । उक्त कार्यक्रममा शर्माले भने, ‘२०६३ सालपछि आफुले रुकुमको विकास खाका बनाएर अगाडी बढेको छु र सोही अनुसार विकासको काम पनि भईरहेको छ ।’ उनले थपे, ‘१० बर्षभित्र रुकुम बेरोजागार मुक्त जिल्ला हुनेछ । यो मैले त्यतिकै भनेको हैन, तपाईहरुलाई साथमा लिएर आफैंलाई चुनौती खडा गरेर लक्ष्य पुरा गर्नका लागी भनेको हुँ । मेरो यो लक्ष्य अवश्य पुरा हुनेछ ।’
६ नम्बर प्रदेशकै स्रोतलाई सदुपयोग गरेर जनताकै पसिनाले उक्त प्रदेशलाई उर्वर बनाउन सकिने समेत बताए । ‘राष्ट्र निर्माण गर्नका लागी इच्छाशक्ति र दुरदृष्टिको आवश्यकता हो’ उनले भने, ‘इच्छाशक्ति भएमा छोटो समयमा पनि कम्तिमा १५ बर्ष भित्र संवृद्ध राष्ट बनाउन सक्ने अवस्थामा हामी छौं, हामीसँग त्यस प्रकारको जनशक्ति र साधन स्रोत छ ।’ उनले भने, ‘काम नगर्दा समस्या हुँदो रहेछ तर, काम गर्दा समस्या अाउदाे रहेछ । हाे म त्याहि सहन तयार छु ।’
रुकुमबाट काठमाडौंमा पढन् आएका विद्यार्थिहरुको समस्या आफुले बुझेपनि केही गर्न नसकेको स्विकार गर्दै मन्त्री शर्माले ईच्छाशक्ति हुँदापनि कत्तिपय कुराहरु गर्न नसकिएको बताए । मन्त्री शर्माले रुकुमेली जनताको लागी ब्यक्तिगत रुपमा केही गर्न नसकेपनी शिर उँचो राखेको बताए । ‘उज्यालो रुकुमको सपना कार्यान्वयन गरेर सिंगो देश उज्याले बनाउँदा तपाईहरुको शिरु ठाडो भएको छ,’ उनले भने, ‘अहिले पनी विकृती विसंगति, अनियमितता भ्रष्टाचार रोक्ने प्रयत्नमा छु, रुकुमबासीको शिर निहुरिन दिन्न, सँधै उचो बनाउने छु ।’
थप : जनताको सुझाव अनुसार रुकुम दुईओटा जिल्ला बनाईएको उल्लेख गर्दै मन्त्री शर्माले भने, ‘भोलिका दिनमा आफैं चुनाव लड्ने ठाउँमा बुद्धीमता पुर्वक नै जिल्ला विभाजनको निर्णय गरिएको छ, यसमा मैले विरोध र आक्रमणका दुबै सहेँ ।’ रुकुमलाई विभाजन नगरेर विस्तार गरिएको दावी गर्दै मन्त्री शर्माले थप प्रतिनिधी आउने हुनाले रुकुम र रुकुमेली जतनालाई अझै न्याय हुने बताए ।