You are here
Home > राजनीति > सिरहाबाट माओवादीले खाता खोल्यो

सिरहाबाट माओवादीले खाता खोल्यो

४ आश्विन २०७४, बुधबार १४:५८

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले दुई नम्बर प्रदेशको सिरहाबाट जीतको खाता खोलेको छ । सिरहाको कर्जन्हा नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।

मेयरमा गंगा पासवान ४ हजार ३०९ मतसहित विजयी भएका छन् । यसैगरी उपमेयरमा ज्ञानुकुमारी श्रेष्ठ ४ हजार ३१३ मतसहित विजयी भएकी छन् । मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदियाल महतोले ३ हजार १९० र उपमेयरमा एमालेकै अञ्जु रायले २ हजार ९४५ मत पाए । कर्जन्हाका ११ मध्ये ९ वडामा माओवादी केन्द्र विजयी भएको छ ।

कर्जन्हा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा पर्दछ ।