You are here
Home > प्रवास > नेपाल मगर संघ केन्द्रका अध्यक्ष नवीन रोका शान्तिदुतमा मनोनित

नेपाल मगर संघ केन्द्रका अध्यक्ष नवीन रोका शान्तिदुतमा मनोनित

५ आश्विन २०७४, बिहीबार १५:४६

दक्षिण कोरिया |

नेपाल मगर संघ केन्द्रका अध्यक्ष नवीन रोका मगर शान्तिदुतमा मनोनित भएको छ । दक्षिण कोरियामा सम्पन्न १३० राष्ट्रहरुको “The Grand International peace summit’ बाट रोका मगर मनोनित भएको हो ।

रोल्पामा जन्मेका रोका मगरले नेपाल मगर संघ लगायत आदिबासी भित्र रहेका बिभिन्न सामाजिक संघ संस्थाहरुमा निकै बर्ष काम गर्दै आएका छन् । घरमा परिवारलाई खान लाउँन समस्या हुँदापनि सामाजिक कार्यलाई कहिले पनि बिर्सनु भएन । त्यसैको प्रतिफल हो रोका मगरले पाएको जिम्मेवारी  शान्तिदुत। नेपाल अादिबासि जनजाति महासंघकाे उपाध्यक्ष समेत रहेका रोका मगरले सामाजिक काममा नै आफनो जीवन समर्पित गरेका थिए ।

सामाजिक कार्यमा निकै योगदान गरेका रोकाले संसारभरीमा शान्ति स्थापना गर्ने अभियानका लागि १३० राष्ट्रहरुको The Grand International peace summit बाट शान्तिदुतको (Peace Ambassador) का रुपमा जिम्मेवारी पाएको छ ।