You are here
Home > राजनीति > वर्षमान पुन रोल्पाबाट चुनाव लड्दै

वर्षमान पुन रोल्पाबाट चुनाव लड्दै

७ आश्विन २०७४, शनिबार १३:०५

काठमाडौं।

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्त रोल्पाबाट चुनाव लड्दै छन्।  नेता पुनले प्रतिनिधि सभाको निर्वाचन आफ्नै थलो रोल्पाबाट लड्ने घोषणा गर्नु भएको हो। पुनले प्रतिनिधि सभाको निर्वाचनपछि आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने दावी समेत गर्नु भएको छ ।

एबीसी न्यूजाको कार्यक्रम आउटलुकमा कुराकानी गर्दै नेता पुनले मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि माओवादीले सरकारको नेतृत्व गर्ने दावी गर्नु भएको हो । प्रतिनिधिसभाको निर्वाचनमा कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन नसक्ने बताउँदै नेता पुनले त्यस्तो अवस्थामा माओवादीको नेतृत्वमा सरकार बन्ने बताउ“नु भएको हो ।

दोस्रो संविधानसभाको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ९ बाट चुनाव लडेका नेता पुन पराजित भएका थिए । त्यसैले होला यस पटक भने नेता पुनले आफ्ने गृह जिल्ला रोल्पाबाट चुनाव लड्ने योजना बनाएका छन् ।