You are here
Home > Front News > माओबादी केन्द्र र माओबादी कम्युनिष्टले संयुक्त रुपमा कार्यक्रमा आयोजना गरे

माओबादी केन्द्र र माओबादी कम्युनिष्टले संयुक्त रुपमा कार्यक्रमा आयोजना गरे

७ आश्विन २०७४, शनिबार १६:४५
काठमाडौं |
एमाले र कांग्रेसका कार्यकर्ताहरु २०० भन्दा बदी माओबादी केन्द्रमा प्रबेश गरेका छन् । नेकपा माओबादी केन्द्र र माओबादी कम्युनिष्टले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताहरु मात्र नभै अन्य बिभिन्न पार्टीका कार्यकर्ताहरु पनि माओबादी केन्द्रमा प्रबेश गरेका हुन् ।
सुर्य पार्टी प्यालेस सुकेधारामा सम्पन्न भएको चिया पान कार्यक्रम तथा पार्टि प्रबेश कार्यक्रममा प्रमुख अतिथि रहेका रामबाबु थापा (बादल)ले कम्युनिस्टका सम्पूर्ण घटकहरु अब एक हुनुपर्ने कुरामा जाेड दिनु भयाे । उहाँ थपे, ‘अागामि संघ र प्रदेशकाे चुनाबमा यसले महत्वपुर्ण भूमिका राख्ने छ ।’
बिशेष अतिथि रहेका गृह मन्त्रि श्याम कुमार श्रेष्ठले ‘रामेछापलाई उज्यालाे मुक्त बनाउने छु । आफु पनि युवा नेता भएको हुनाले अब नेपाली युवाहरु क्रान्तिमा विशेष जाेड दिनु पर्ने’ कुरा राख्नु भयाे। उहाँले थपे, ‘अाफु विकासे मन्त्रि नभएर डन्डावाला मन्त्रि भएकाे हुनाले प्रहरी संगठन भित्रका बदमास प्रहरिहरुलाई जनताका पक्षमा काम नगरे डण्डा लगाउने छु’ उहाँले भने, ‘जिल्लाका केही स्थानलाई भुभाग हेरेर काम गर्ने र रामेछापकाे शैलुंगलाई पर्यटन क्षेत्र बनाउने साथै रामेछापकाे दाेरम्बा बाबुरामलामा युद्ध कालमा १२ जनाले साहदत प्राप्त गरेको हुँदा सहिद पार्क बनाउने छु । साथै जिल्ला वरपर भएका हाइड्रो र अन्य सरकारी कामहरु पनि जतिसक्दाे चांडाे पूरा गर्ने छु’ भन्दै प्रतिबद्दता जाहेर गर्नु भयो।
कार्यक्रममा माओबादी केन्द्रका युवा नेता नन्द कुमार किराँतीले ‘अबको पार्टि एकताले माअाेबादीलाई बल पुग्ने एक मात्र अबकाे बिकल्प माअाेबादि केन्द रहेकाे प्रतिक्िया दिनुभयाे । अर्का युवा नेता मिलन लामाले ‘अागामि चुनाबमा हाम्राे एकताले माअाेबादी पहिलाे पार्टी हुने कुरामा ढुक्क भएकाे’ दाबि गर्नु भयो |
थप : अार्मिकाे बलात्कारबाट मृत्यु भएकि मैना सुनार अामा देवी सुनारले पार्टिसंग आफ्नो दुखेसाे पाेखिन । पार्टिका केहि नेताहरु भ्रष्ट भैसकेका छन् । लाखाै कराेडाै पैसाको मजेरीमा रमाउदै सहिद परिवारहरु ब्यप्त्ता भएको छ । सहिद परिवार प्रति पार्टीले अजै
पनि ब्यवास्ता गरेकाे गुनासाे पाेखिन |