You are here
Home > कला > नेपालबाट पहिलोपल्ट ‘मिस युनिभर्स’मा नग्मा

नेपालबाट पहिलोपल्ट ‘मिस युनिभर्स’मा नग्मा

७ आश्विन २०७४, शनिबार १७:०६

अमेरिका |

मिस नेपाल– २०१२मा मिस अर्थको टाइटल जितेकी नग्मा श्रेष्ठ विश्व चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स’मा सहभागी हुने भएकी छिन्। आउँदो नोभेम्बर २६ मा अमेरिकाको लास भेगासमा हुन गइरहेको ६६ औैं मिस युनिभर्समा उनले नेपालको प्रतिनिधित्व गर्ने भएकी हुन्।

नेपालले पहिलोपल्ट यो प्रतियोगितामा सहभागि हुने अवसर पाएको हो। मिस नेपालको आयोजना गर्दै आएको ‘द हिडन ट्रेजर’ले यो अवसर पाएको हो। शुक्रबार साँझ राजधानीको होटल अन्नपूर्णमा आयोजित हिडन ट्रेजरको २२ औं तथा मिस नेपालको २३ औं वार्षिकोत्सवको अवसरमा नग्मालाई पहिलो मिस नेपाल युनिभर्सको घोषणा गर्दै यो अवसर प्रदान गरियो। हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले नग्माको शिरमा ताज पहिरिदिएका थिए र उनलाई ‘मिस युनिभर्स’मा पठाउने निर्णय गरेको घोषणा गरेका थिए।

नग्मा प्रतियोगिताका लागि नोभेम्बर–५ मा अमेरिका जानेछिन्। ‘नेपालले पहिलो पटक ‘मिस युनिभर्स’मा सहभागि हुने खबर सुन्दा म एकदमै खुशी थिएँ,’ नग्माले भनिन्, ‘त्यसमाथि पहिलोपल्ट प्रतिनिधित्व गर्ने सहभागी म नै हुन पाउँदा हर्षले सिमा छैन्। मलाई दिइएको जिम्मेवारी पुरा गर्न मैले कुनैपनि कसर बाँकी राख्ने छैन्। अब केही समय प्रशिक्षणमा व्यस्त हुनेछु।

साभार- नेपालखबर