You are here
Home > राजनीति > वीरगन्जमा मतगणना स्थगित, संघिय सामाजबादी फोरम नेपालका कार्यकर्ताहरु मतगणना सुरु गर्न नाराबाजी

वीरगन्जमा मतगणना स्थगित, संघिय सामाजबादी फोरम नेपालका कार्यकर्ताहरु मतगणना सुरु गर्न नाराबाजी

९ आश्विन २०७४, सोमबार १४:४७
वीरगन्ज |
महानगरपालिका वीरगंजको मतगणना स्थगित भएको छ। संघिय सामाजबादी फोरम नेपालका कार्यकर्ताहरुले वीरगंज महानगरपालिकाको वडा नं १६ नगवा ,१७ अलौ र १८ भवानीपुरको मतगणना सुरु गर्नुपर्ने माग राख्दै मतगणना भइरहेको वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसको मुल गेटमा नाराबाजी गरेका छन्।
वीरगंज महानगरपालिको २६ वटा वडाका ६७ हजार मत गनि सक्दा संघिय समाजवादी फोरम नेपाल अग्रस्थानमा थियो। फोरम नेपालका प्रमुखका उम्मेदवार सरावगी नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार द्विवेदीभन्दा १३७८ मत बढी ल्याएर अग्रस्थानमा आएपछि मतगणनामा धाँधली भएको आरोप लगाउँदै अन्य पार्टीका कार्यकर्ताहरुले मतगणना स्थगित गर्न माग गरेका थिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरगंजले सोमबार साँझ साढे ६ बजे सार्वजनिक गरेको मत परिणाम अनुरसार फोरम नेपालका प्रमुख पदका उम्मेदवार विजय सरावगी १५ हजार ६ सय ३५ मत प्राप्त गरि पहिलो स्थानमा छन्। नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार अजय द्विवेदी १४ हजार २ सय ५७ मत प्राप्त गरेका छन्।
पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलल वडा नं १० घडिअर्वा ,११ श्रीपुर ,१५ लक्षमणनवा र १९ विन्दवासिनीमा मतगणना सकेपछि राजनीतिक दलको बैठक राखेर अहिले स्थगित भएका ३ वटा वडामा मतगणना सुचारु गर्ने जानकारी दिए।