You are here
Home > कला > चलचित्र ‘चर्खा’मा जुनुसँग दीलिप

चलचित्र ‘चर्खा’मा जुनुसँग दीलिप

९ आश्विन २०७४, सोमबार १५:३४

काठमाडौ |

चलचित्र ‘चर्खा’मा समावेश ‘घन घन मादल घन्कियो’ गीतको भिडियो रिलिज भएको छ । गीतमा अरुण प्रदेशको ठेट मारुनी शैलीलाइ उतारिएको छ ।

मकवानपुरको विभिन्न रमणिय स्थानमा खिचिएको यो गीतको भिडियोलाइ दिव्य सुवेदीले छायांकन गरेका हुन् भने कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

विकास चौधरीको संगीत रहेको यो गीतमा गोविन्द गौतमको शब्द छ । रामचन्द्र काफ्ले र जुनु रिजालले स्वर भरेका छन् । गीतको भिडियोमा नायक दीलिप रायमाझी र गायिका जुनु रिजाललाइ फिचरिङ गरिएको छ ।

चलचित्रमा निर्जन थापा, सुरविना कार्की, रजनी केसी, जुनु रिजाल, दीलिप रायमाझी लगायतका कलाकारको अभिनय छ । संजिता फिल्मस्को पहिलो प्रस्तुतीको रुपमा निर्माण भएको यो चलचित्रलाइ गोविन्द गौतमले निर्देशन गरेका हुन् ।

चलचित्रमा हेटौडाका यूवा व्यवसायीहरु सुनिल अधिकारी, धर्मराज बर्तौला, गणेश भेटवाल, बालकृष्ण खड्का, रुपेश केसी लगानीकर्ताको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका छन् ।