You are here
Home > बिचार/अन्तरबार्ता > कसरी भयो क्यूवामा शसस्त्र क्रान्ति ?

कसरी भयो क्यूवामा शसस्त्र क्रान्ति ?

१० आश्विन २०७४, मंगलवार ०३:५५

अभयकुमार डुबे
सन् १९५६ मा मध्यल्याटिन अमेरिकी देश क्यूवा तानाशाह वाटिस्टाको अमेरिका समर्थित कुशासनको मुनि नराम्रो ढंगले पिल्सिएको थियो । प्रहरी प्रशासनले कुनै विरोधीलाई क्रुरतापूर्वक कुल्चिरहेको थियो । गिरफ्तार मानिसहरुलाई डरलाग्दो ढंगले अमानवीय यातना दिईन्थ्यो । उनीहरुका टुक्रा टुक्रा पारिएका लासहरु सडकका पेटीहरु तथा समुन्द्रमा तैरिरहेका देखिन्थे । वाटिस्टाले सोभियत संघ र अन्य समाजवादी देशहरुसंग आफ्नो राजनीतिक सम्बन्ध सम्पूर्ण रुपले तोड्यो । उ अमेरिकी साम्राज्यवादी हातहरुको कठपुतली मात्र बन्न बाध्य थियो । क्यूबा कम्युनिष्ट पार्टी सोसलिष्ट पपुलर माथि प्रतिबन्ध घोषणा गरियो । अमेरिकी पुँजीपतिहरु देशैभरी फैलिए । सेना अमेरिकी अधिकृतहरुले भरिएको थियो र प्रहरीमाथि अमेरिकी गुप्तचर संस्था सिआइएको नियन्त्रणमा थियो । सम्पूर्ण रुपमा हेर्दा क्यूवाको स्थिति एउटा अमेरिकी उपनिवेश जस्तो भइसकेको थियो ।

तर क्यूबाका मानिसहरुमा आफ्ना अधिकार र स्वतन्त्रताको लागि विद्रोहको पुरानो परम्परा विद्यमान थियो । १९ औं शताब्दीमा उनीहरुले आधा घृर्णित तानाशाह मैकाडोंलाई सत्ताबाट गलहत्याएका थिए । वाटिष्टा पनि डराएको थियो । एउटा युवक वकिल फिडेल क्यास्त्रोको नेतृत्वमा केही उत्साहित क्रान्तिकारीहरुले मोंकाडो ब्यारेकमा हमला गरेका थिए । यो कार्वाहीमा विद्यार्थी, युवा, मजदुर, सरकारी कर्मचारी र कारीगारहरुले भाग लिएका थिए । राजनीतिक अनुभवको कमी तथा ठोस कार्यक्रमहरुको अभावमा यी मानिसहरुलाई असफल पारियो । सबै व्यक्तिहरु गिरफ्तार गरिए । फिडेलमाथि मुद्धा चल्यो र उनीहरुको अदालतमा आफ्ना ऐतिहासिक भाषण हिष्ट्र विल एब्जीमिल्ब मी मा दिए तत्पश्चात सबैलाई आम माफी दिईयो । यी क्रान्तिकारी मैक्सिको गए र त्यहीबाट क्रान्तिको आगामी तयारी गर्न थाले ।
क्यूबाभित्र पनि कयौं अन्याय, अत्याचार सहेर मजदुर, बुद्धिजीवि, विश्वविद्यालय र हाइस्कुलका विद्यार्थी वाटिस्टा र उसका अमेरिकी रक्षकहरुको विरुद्धमा संघर्ष गरिरहेका थिए । भूमिगत प्रेस वाटिस्टाको अपराधका पर्दाफास गरिरहेका थियो । वाटिस्टाको तानाशाही शासनको विरुद्धमा सभा, जुलुश, प्रदर्शन र हड्ताल बढ्दै गइरहेको थियो । तानाशाहले उच्च शिक्षाका सम्पूर्ण संस्थाहरुलाई बन्द गरिदियो । घुसखोरी, कालाबजारी र डर त्रासको बलमा तानाशाह वाटिस्टा विपक्षीहरुको समर्थन बटुल्ने असफल प्रयत्न गर्दै जोसे मार्ती जस्ता कवि, क्रान्तिकारी र सहिदहरुको नामलाई पनि प्रयोग गर्दथ्यो ।

क्यूवाको बिद्यमान क्रान्तिकारी परिस्थितिलाई देखेर फिडेल क्यास्त्रो र उनका साथीहरुले क्यूबामाथि हमला गर्ने योजना निर्माण गरे । उनीहरुलाई स्पेनिश सेनाको एउटा पूर्व कर्णेल अल्वर्टोबायोको सहयता मिल्न गयो । जो गुरिल्ला युद्धमा विशेषज्ञ हुनुका साथै कवि पनि थियो । मैक्सिको शहरदेखि ३५ किलोमिटर टाढा साटा रोजा ठाउँमा बायोले फिडेल क्यास्त्रो सहितका क्रान्तिकारीहरुलाई प्रशिक्षण दिन सुरु ग¥यो । उनीहरुले हतियारको प्रयोग गर्न र कडा भन्दा जीवन बाँच्नको लागि अभ्यास गर्न थाले । यी छात्राहरुमा चे अर्नेष्टो ग्वेभारा, राउल क्यास्त्रो, डारियो लोपेज, सिमैलो र कार्लोस बर्मडेजजस्ता मानिसहरु थिए । फिडेल पछि आधुनिक क्यूबाको निर्माता बने । २२ जुन १९५७ सिआइएको अनुरोधमा मैक्सिन सिक्रेट पुलिसले साटा रोजामा छापा मारेर क्रान्तिको तयारीमा संलग्न यी क्रान्तिकारीहरुलाई गिरफ्तार ग¥यो । मैक्सिकोका पूर्व राष्ट्रपति पूर्व नाविक सेनाका मन्त्री र एकजना ठूला नेतासमेृत कयौं कलाकार, विद्धानहरुको पहलकोे कारण यिनीहरु रिहा भए ।
२२ जून, १९५७ मा सिआइएको भनाईमा मैक्सिन सिक्रेट पुलिस मैक्सिको र क्यूबाको सरकारले यिनका योजनाहरु नष्ट भएको माने । तर उनीहरुको रिहाई हुनुभन्दा पहिले फिडेल क्यास्त्रोले स्वीडेन निवासी बनेर ग्रेनदेखि ग्रेनमा नामक याट समुद्री वेडा १२ हजार डलरमा खरिद गरे । १२ हजार यात्रुुको क्षमता भएको यो समुदी बेडामा बसेर क्रान्तिका ८२ सिपाही क्यूबामा वाटिस्टाको गढमाथि आक्रमण गर्न अगाडी बढे । यस समयमा उनीहरुले कयौंपटक गद्धारी र हतासाको सामना समेत गनुप¥यो । तर उनीहरुले हिम्मत हारेनन् । ग्रैनमा जसरी समुद्रमा अगाडी बढ्थ्यो, त्यसरी नै क्रान्तिकारीहरुको उत्साह बढ्दै जान्थ्यो । उनीहरु क्यूबाको गीत र २६ जूलाई आन्दोलनको गीत गाउँदै अगाडी बढिरहेको हुन्थे । २६ जुलाईको दिनमा नै मोंकाडो ब्यारेकमाथि फिडेलले असफल आक्रमण गरे । फिडेल क्यास्त्रोले उद्घोष गरे, “अब हामी कि नायक बन्ने छौं कि सहिद !”

३० नोभेम्बरमा जब ग्रैनमा क्यूबाको सामुन्द्रिक तटदेखि दुई दिनको दुरीमा थियो । वाटिस्टाको विमानहरुले उसलाई देखे । वाटिस्टाको नाविक वेडाहरुले क्रान्तिकारीहरुलाई घेरा हालेरर धुवाँधार रुपमा गोली चलाउन सुरु ग¥यो । आकाशमा जहाजहरुले गोली बर्षाइरहेको थियो । उनीहरुको घाँटी सुकिरहेको थियो । उनीहरु उखु चुसेर आफ्नो प्यास मेटाउन थाले । ४ डिसेम्बरको सम्पूर्ण रात उनीहरुले उखुको खेतमा सुतेर बिताए । अलिज्रिया दिपडओमा पुगेर आफ्नो गाइडको गद्धारीका कारण उनीहरुले दुश्मनका भयानक हमलाहरुको सामना गर्नु प¥यो । आधाभन्दा बढी मानिसहरु मारिए । र, २० जनाभन्दा बढी गिरफ्तार गरिए । यसमा कयौं क्रान्तिकारीहरुलाई यातना दिइयो । त्यसपछि गोली हानेर हत्या गरियो । बाँकी क्रान्तिकारी बाँचेर निस्किए । उनीहरुले सिरिया मेस्ट्राको पहाडको टापुमा एउटा किसानको छाप्रोमा जम्मा भए । क्यूबाका किसानले ती क्रान्तिकारीहरुको मद्दत गरे ।

अब आम जनताको विश्वासमा बिजय पाउनको लागि छापामारहरुले निरन्तर जित हासिल गर्न सुरु गरे । १६ जनवरी, १९५७ मा प्लाटा नदिमा बनेको सैनिक चौकीमा ती मानिसहरुले आक्रमण गरे । र, दुईजना सैनिकहरुको सफाया गरेर चौकी कब्जा गरियो । यसैबेला फिडेल क्यास्त्रोको मातहतमा विद्रोहको गढ बनाउने निर्णय भयो । यी पहाडहरुमा शरण लिदै १९ औं शताब्दीमा स्वतन्त्रता सेनानीहरुले पनि आफ्नो क्रान्तिकारी कार्वाहीको सुरुवात गरे । यी यस्ता पहाडी इलाकाहरु थिए, जहाँबाट एउटा मेसिनगनले एक्लै एक हजार सैनिकहरुको गारदसंग सामना गर्न सक्दथ्यो । यति मात्र होईन, यी पहाडहरुमाथि विमान उड्नु पनि खतरा सिवाय अरु केही थिए ।

२२ जनवरी, १९५७ मा विद्रोहीहरुले वाटिस्टाका सेनाहरुको एउटा थप टुकुडीलाई हटायो । २६ जुलाई आउँदा आउँदै हवाना (क्यूवाबो राजधानी) का भुमिगत नेताहरुको विद्रोहीहरुसंग सम्पर्क स्थापना भयो । उनीहरुले पहाडी इलाकामा आएर फिडेल क्यास्त्रोसंग भेट गरे । उनीहरुले क्रान्तिकारीहरुको लागि हतियार, गोलाबारुद कपडा, औषधी र सम्पत्तिको जिम्मा लिए । १७ फरवरी, १९५७ मा न्यूयोर्क टाइम्सका प्रतिनिधि हर्वर्ट मैथ्युजले यो पहाडी फिडेलसंग भेटघाट गरे । अमेरिकी अखबारमा विद्रोहीहरुका ठूला ठूला तस्विरहरु छापिए । हेर्दाहेर्दै उनीहरु विश्वमा चर्चा पाउन थाले । विश्वका मुक्तिकामी जनता अमेरिकी साम्राज्यवाद र तानाशाह वाटिस्टालाई घृणा गर्न थाले । हवानामा छात्रहरुले विद्रोह गरे । मार्चको मध्यमा ५० छापामारहरुसंग फिडेल क्यास्त्रोले भेटघाट गरे । अब विद्रोहीहरुको सेनाको संख्या तीन प्लाटुन बनिसकेको थियो । किसानहरुको बीचमा फिडेल क्यास्त्रो र उनका साथीहरुको उत्साहलाई बढायो । चाँडै उनीहरुले सिरिया मेष्ट्राको तल्लो बेल्टमा रहेका शत्रुका क्याम्पहरुलाई ध्वस्त गरे । वाटिस्टाले किसान र छापामारहरुको सम्पर्क तोड्नका लागि सिरिया मेष्ट्राका गाउँहरुमा किसानहरुलाई निष्कासन गर्न सुरु ग¥यो । तर यसको जोडदार रुपमा प्रतिरोध भयो । यस समयमा कयौं किसान विद्रोह छापामारहरुसंग मिल्न पुगे ।

वाटिस्टाको अखवारले क्रान्तिकारीहरुलाई मस्कोका एजेण्टको रुपमा बदनाम गर्ने कोसिस गरे । फिडेल क्यास्त्रोको आस्था माक्र्सवाद लेनिनवाद थियो । चे ग्गेभारा जस्ता क्रान्तिकारीहरु लड्नुका साथै क्रान्तिकारी विचारधाराको प्रचार पनि गर्दथे । सन् १९५७ को समाप्तिसंग विद्रोहरुले सिरिया मेष्ट्रामाथि पनि सम्पूर्ण रुपमा कब्जा गरे । मार्च, १९५८ मा राउल क्यास्त्रोको नेतृत्वमा पहाडी इलाकाबाट बाहिर आएर अर्को मोर्चा निर्माण गरियो । १२ मार्च, १९५८ मा फिडेल क्यास्त्रोले एउटा घोषणपत्र जारी गरे, जसमा तानाशाही व्यवस्थाको विरुद्धमा आम विद्रोह गर्नका लागि अपिल गरियो । १ मार्च सेनालाई विद्रोहरुको साथ दिनका लागि अपील गरियो । अगस्त १९५८ मा क्यास्त्रोले आफ्नो आक्रमणको अन्तिम योजना निर्माण गरे ।

यस समयमा वाटिस्टासंग २० हजार सेना, टैंक र विमन थिए । विद्रोहीहरुसंग केही योद्धा थिए । उनीहरुका हतियार पनि पुराना र खराब थिए । नयाँ योजना अन्तर्गत फिडेल र राउलको नेतृत्वमा छापामारहरुले सांटियागो सहरको घेराबन्दी गरे । सेमिलो र हनुमाईका छापामारहरुलाई पिनाल डेल रियो प्रात्को पश्चिमी इलाकामा हमला गर्नु थियो । चे को नेतृत्वमा रहेका छापामारहरुलाई विलास हुदै हवानाको बाटो सफ गर्नु थियो । त्यहाँ चे ग्वेभाराको नेतृत्वमा छापामारहरु सहितको दस्ता छापामार सान्टाक्लारा हुदै हवानातर्फ बढ्ने योजना पनि बनाइयो । त्यसै समयमा पश्चिमबाट सेमिलीको सेना हमला गर्ने रणनीति तय ग¥यो । लडाई सुरु भयो । उपरोक्त रणनीतिको कारण वाटिस्टाको सेनाले एकैपटक चार मोर्चामा लड्नु प¥यो । चे ग्वेभाराका साथीहरु बहादुरी र कुशलताको साथ लड्दै सान्टा क्लारामा कब्जा गर्ने क्रान्तिकारी विजयको सुरुवात गरे । वाटिस्टाले यो खबर पाउने वित्तिकै देश छोडेर भाग्नु प¥यो । त्यसको ठाउँको जनरल सेस्टिलोले सेस्टिलोको यस कदमको निन्दा गरे । २१ जुन, १९५९ मा चे र सेमिलीको सेनाले हवानामा भब्य स्वागत गरे । तानाशाहका बचेखुचेका सैनिकहरुले पनि आत्मसमर्पण गरिदिए । क्रान्तिको विजय सुनिश्चित भयो ।
साभार-जनाबाटो