You are here
Home > बिचार/अन्तरबार्ता > प्रथम शहिद लखन थापा मगरको शालिक मध्यरातमा किन फालियो ?

प्रथम शहिद लखन थापा मगरको शालिक मध्यरातमा किन फालियो ?

१० आश्विन २०७४, मंगलवार ०४:२७

पोखरा

नेपालको प्रथम सहिद लखन थापा मगरको कास्की पोखरास्थित शालिक प्रशासनले मध्यरातमा हताएको छ । घटनापछि नेपाली जनताले सरकार संग सालिक फाल्नुको स्पस्तिकरन मागेका छन् ।

नेपाल मगर संघ केन्द्रीय समितिको तर्फबाट अध्यक्ष नविन रोका मगरले प्रथम सहिद लखन थापा मगर देश र जनताको साझा गरिमा वा गौरब भएको भन्दै सरकारले शालिक राख्ने पूर्वसहमतिको बर्खिलाप गरेर देशकै अपमान हुने अनैतिक कदम चाल्नु राज्यको गंभीर गल्ती भएको बताएका छन् । अध्यक्ष रोका मगरले लखन थापा मगरको शालिक यथाशीघ्र पुनःस्थापनाका लागि नेपाल मगर संघको तर्फबाट नेपाल सरकारसंग जोडदार माग गरेका छन् । अध्यक्ष रोका मगरले सरकारको यस्तो गलत कदम सच्याउन दबाबका लागि सम्पुर्ण संघ संस्था राजनैतिक दल र महानुभाबहरुमा हार्दिक अपिल गरेका छन् ।

त्यसैगरि आदिबासी जनजाति महासंघका पूर्व अध्यक्ष प्राध्यापक डा. ओम गुरुङले सामाजिक सञ्जाल मार्फत उक्त घटनाको घोर भत्सर्ना गरेका छन् । प्राध्यापक डा. गुरुङ्ले भनेका छन्– “पोखराको पहिला पृथ्बी चोक भनिने र हालको लखन चोकमा स्थापित नेपालका प्रथम शहिद लखन थापाको मूर्ति तोडफोड गरेर बेपत्ता पारिएको खबर छ । यस्तो बदमासी को बाट किन र कसरी भयो ? भन्ने कुरा रहस्यमय जस्तै बनेको छ । तापनि यसबारे स्थानीय प्रशासनसंग बुझ्न खोज्दा अहिलेसम्म कसैसंग कुनै सम्पर्क हुन नसक्दा र अहिलेसम्म स्थानीय प्रशासन बेखबर बस्दा यस्तो जघन्य अपराध गर्ने काम राज्य शक्तिकै प्रत्यक्ष वा परोक्ष आड भरोसामा सुनियोजित ढंगबाट यो देशका अभिजात बर्ग समुदायकै ब्यक्तिहरूबाट भएको हुनु पर्दछ भन्ने आदिबासी जनजाति अगुवाहरूको ठम्याई छ ।”

डा. गुरुङले भनेका छन्– “यस्तो कुकृत्य जो जसबाट भएतापनि यो घोर निन्दनीय छ र यसले नेपालका आदिबासी जनजातिहरूलाई उत्तेजित र आक्रोसित पारेको छ । यसले आदिबासी जनजातिहरूको इतिहास र अस्तित्वमाथि गम्भीर प्रहार भएको छ । राज्यले एकातिर निरंकुश राजतन्त्रको वंश तथा नेपालमा आन्तरिक उपनिबेस सृजना गर्ने बिस्तारबादी शोषक पृथ्वी नारायण शाह जस्ता आततायी ब्यक्तिको प्रतिमूर्ति नेपालको बिभिन्न सार्बजनिक महत्वका स्थानहरूमा स्थापना गर्दै जाने र अर्कोतिर नेपालका प्रथम शहिद लखन थापा जस्ता शहीदहरूको स्थापित मूर्तिहरू भत्काउने, उखेल्ने र ध्वंश पार्दै बेपत्ता पार्ने जाने हो भने यस्ता घृणित कामले यहाँ छिटै जातीय द्वन्द निम्ताउने देखिन्छ । यसबारे राज्यपक्ष समयमै सजग भई यस्ता दोषी र अपराधीहरूको तुरून्त खोजी गरी त्यस्ता दोषीहरूलाई कडाभन्दा कडा सजाय देओस् । अन्यथा यस्ता घृणित कामको बिरूद्ध र आफ्नो जातीय पहिचान, इतिहास र अस्तित्वका लागि संघर्ष गर्न आदिबासी जनजातिहरू संगठित रूपमा तयार हुनुको बिकल्प छैन । लखन थापाको मू्र्तिको टाउको काटिनु र तोडिनु र फोडिनु भनेको हामी जनजातिको आफ्नै टाउको काटिनु र टोडिनु र फोडिनु हो । यो हाम्रो लागि हदैसम्मको अपमान र हेपाई हो । यस्तो अपमानित र घृणित काम हामीबाट कदापी सहन सकिदैन र सहनु पनि हुदैन । राज्यसत्ताद्वारा संरक्षित यो देशका अभिजातबर्गको यस्तो नियोजित ज्यादतीका बिरूद्ध पनि हामी आदिबासी जनजातिहरू संगठित भई लड्न सक्दैनौ र सहन गरेर चूपचाप लागेर बस्छौ भने हामी यो देशका मूलबासी भनेर बाँच्नुको कुनै अर्थ हुने छैन ।”

त्यसै गरि नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन मगरले गुरिल्ला शैलीमा प्रशासनले पोखरामा रहेको नेपालको प्रथम सहिद लखन थापा मगरको शालिक राती हटाइएकोप्रति विरोध गर्दै इतिहास नामेत पार्ने गरि गरिएको उक्त घटना खेदजनक भएको भन्दै तुरुन्तै प्रतिस्थापन गर्न माग गरेका छन् ।  त्यस्तै गरि नेपाल मगर संघ क्यानाडा, नेपाल मगर संघ कास्की, आदिबासी जनजाति महासंघ बहराईन र नेपाल मगर संघ बहराईन लगायत देशविदेशमा रहेका नेपाल मगर संघ र आदिबासी जनजातिहरुले उक्त घटनाको घोर भत्सर्ना गर्दै यस्तो कदम तुरुन्त सच्याउन सरकार समक्ष माग गरेका छन् ।