You are here
Home > कला > नायिका सुस्मा थिङ ‘म्हेन्दो–म्हेन्दो’ चलचित्रमा देखिने

नायिका सुस्मा थिङ ‘म्हेन्दो–म्हेन्दो’ चलचित्रमा देखिने

१० आश्विन २०७४, मंगलवार १५:१५

काठमाडौ |

नायिका सुस्मा थिङ तामाङ ‘म्हेन्दो–म्हेन्दो’ चलचित्रमा मुख्य भूमिका निभाउने भएकि छिन । अगिल्लो महिना अमेरिकामा भएको नेपाल आदिबासी चलचित्र महोत्सब २०१७मा ‘सेम्ताबामी’ चलचित्रबाट उत्कृस्ट नायिकाको नोमिनेशनमा पर्नसफल सुस्मा तामांङ फेरी तत्कालै अर्को चलचित्र ‘म्हेन्दो-म्हेन्दो’मा देखिने पक्का भएको छ ।

डम्फू मिडियाको प्रस्तुतिमा निर्माण हुनगईरहेको  चलचित्र “म्हेन्दो–म्हेन्दो” नारीप्रधान चलचित्र रहेको निर्माण पक्षले जनाएको छ । तामाङ कथाबस्तुमा आधारित चलचित्र ‘म्हेन्दो–म्हेन्दो’को गीत ‘फुरफुर ताङ्सी’ भिडियो भर्खर मात्रै युट्यु च्यानलबाट सार्वजनिक भएको हो । पुरै चलचित्र भने शुटिङ हुन् बाँकी नै रहेको निर्देशक अमीर दोङले बाताए ।

निर्देशक अमीर दोङको निर्देशनमा तयार भएको गीतमा मुख्य नायिका सुस्मा थिङ, कुइसाङ रुम्बा र स्वयं दोङले अभियान गरेका छन् । भक्तपुर नगरकोटकी चाहाना ब्लोन तामाङको शब्द रहेको गीतलाई शशिकाला मोक्तानले स्वार दिएका छन् भने बरिस्ठ कलाकार चन्दकुमार दोङले संगीत दिएका छन् । गीतको नृत्य निर्देशन दिपक तामाङले गरेका छन् भने अभिषेक माझिको छायाँङ्कन रहेको छ ।