You are here
Home > कला > ‘सलल बग्ने तमोर नदि…’ बोलको भिडियो लिएर आए निर्देशक लोकेन

‘सलल बग्ने तमोर नदि…’ बोलको भिडियो लिएर आए निर्देशक लोकेन

११ आश्विन २०७४, बुधबार ०८:५७

काठमाडौं ।

निर्देशक लोकेन साँवा निर्देशित नयाँ म्युजिक भिडियो युट्युवमार्फत सार्वजानिक भएको छ । यादन सेर्मा र श्रेयसी चेम्जोङद्वारा स्वरवद्ध गीत ‘सलल बग्ने तमोर नदि हेंवाको दोभान…’ बोलको गीत भिडियोमा आएको हो ।

तापलेजुंङबाट काठमाडौं आएर निकै लामो समय देखि म्यीजिक भिडियोमा निरन्तर काम गर्दै आएका लोकेन साँवा फेरी बजारमा अर्को नयाँ म्यीजिक भिडियो लिएर आएका छन् । उहाँ भन्नुहुन, ‘यो म्यजिक भिडियोमा अन्य भिडियोहरु भन्दा अलि फरक काम गरेको छु ।’ उहाँले भने, ‘यो भिडियोमा बाल्यकालदेखि अधवैंसेसम्मको कथालाई समेटिएको छु  ।’

नेपाली म्यीजिक भिडियो क्षेत्र उकालो लाग्दै गर्दा साँवाको म्यीजिक भिडियो काम पनि उकालो लाग्दो देखिन्छ । उहाँले निर्देशन गरेको म्यीजिक भिडियो ३०० सै भन्दा धेरै भैसकेको छ ।

गीतका रचनाकार सविता राई थाम्सुहाङ भन्न हुन्छ, ‘मेरो पहिलो रचनामा रहेको गीत मै लोकेन साँवाले निर्देशन गरिदिनुभएकोमा मा खुशी छु ।’यहाँले भने, ‘यो गीतले बाजारमा राम्रो स्थान पाए, मेरो म्यीजिक पाइलाले निरन्तरता पाउने छ।’

तेह्रथुमे ढाका बुटिकले भेषभुषा संयोजन गरेको भिडियोमा जसु याक्खा र समिक्षा योङहाङ याक्खाले अभिनय गरेका छन् । त्यसैगरी एड्रियाना याक्खा र जस्टिन याक्खालाई बालकलाकारको रूपमा देख्न सकिन्छ भने केशर लिम्बू र सविता राईले अधवैंशे भूमिका निर्वाह गरेका छन् । अर्जुन तिवारीले खिचेका हुन् । निशान घिमिरेको सम्पादन रहेको यस म्युजिक भिडियो हाइलाइटक नेपाल प्रा.लि.ले सार्वजानिक गरेको छ ।