You are here
Home > कला > किरण र सन्जिवनीको स्वरमा म्युजिक भिडियो (भिडियो सहित)

किरण र सन्जिवनीको स्वरमा म्युजिक भिडियो (भिडियो सहित)

१२ आश्विन २०७४, बिहीबार ०६:२५

काठमाडौं ।

गायक किरण बाबु पुनको गायनमा नयाँ म्युजिक भिडियो युट्युवमार्फत सार्वजानिक भएको छ । भारतिय गायिका सन्जिवनी सँग किरणले गायको ‘बाचा’ नामक भिडियो युत्युबमा आएको हो ।

रुकुम बाट काठमाडौं आएर निकै लामो समय देखि म्यीजिक भिडियोहरुमा निरन्तर काम गर्दै आएका किरण बाबु पुनले फेरी बजारमा अर्को नयाँ म्यीजिक भिडियोमा अर्को स्वर दिएका छन् । उहाँ भन्नुहुन, ‘यो गीतमा अन्य गीतहरु भन्दा अलि फरक गायको छु ।’ उहाँले भने, ‘यो गीतले माया प्रेमको बिषयलाई बोकेको छ ।’

नेपाली लोक संगीतले पछिल्लो समयमा निकै ठुलो फड्को मार्दै गर्दा गायक किरणको गायन कार्यपनि उकालो लाग्दो देखिन्छ । उहाँले गायका गीतहरु बजारमा निकै ठुलो संख्यामा भेटिन्छन ।

भिडियोका निर्देशक बाबु राजा के.सी भन्छन, ‘मेरो निर्देशन गर्ने फरक शैलीलाई सहयोग मिल्ने खालको आवाज पाएको हुँदा म निकै खुशी छु । ’यहाँले भने, ‘यो गीतले बजारमा राम्रो स्थान पाए अजै हाम्रो संगीत यात्रा निरन्तर चलिरहने छ।’

कृष्णफिल्मस र एडभरटाइजिङको प्रस्तुतिमा तयार भएको गीतलाई बाबु राजा के.सीले निर्देशन गरेको छ भने मोडेल अन्जली अधिकारी र प्रेम थापाले अभिनय गरेका हुन् । गीतमा शब्द संगीत गायक किरण बाबु कै रहेको छ ।