You are here
Home > प्रवास > अमेरिकी रक्षामन्त्री काबुल पुगेलगत्तै विमानस्थलमा रकेट आक्रमण

अमेरिकी रक्षामन्त्री काबुल पुगेलगत्तै विमानस्थलमा रकेट आक्रमण

१२ आश्विन २०७४, बिहीबार ११:३०

काठमाडौं |

अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिका रक्षामन्त्री जिम म्याट्टिस पुगेको केही क्षणमै रकेट आक्रमण भएको छ । म्याट्टिस बुधवार काबुलमा वार्ताका लागि पुगेका हुन् ।

‘बिहान विमानस्थलमा एक रकेट प्रहार गरिएको छ । कोही पनि हताहत भएको खबर छैन,’ गृहमन्त्रालयका प्रवक्ता नजिब दानिशले ट्वीटमा लेखे ।

घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

तोलोन्युजका अनुसार, हमिद कार्जाई अन्तर्राष्ट्रिय विमानस्थलमा २० देखि ३० रकेट प्रहार गरिएको थियो । आक्रमण स्थानीय समयअनुसार बिहान सबा ११ मा शुरु भएको थियो ।

विमानस्थल खाली गराइएको र सबै उडान स्थगित गरिएको अधिकारीहरूले बताएका छन् ।