You are here
Home > राजनीति > ३ विद्यार्थी संगठनले वाम एकताको समझदारीलाई स्वागत गरे

३ विद्यार्थी संगठनले वाम एकताको समझदारीलाई स्वागत गरे

१९ आश्विन २०७४, बिहीबार १४:२३

काठमान्डौं |

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालका विद्यार्थी संगठनले वाम एकताको समझदारीलाई स्वागत गरेका छन्। तीनै संगठनका अध्यक्षले बिहिवार एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले, माओवादी केन्द्र र नयाँ शक्तिद्वारा एकीकरणको उद्धेश्यसहित सार्वजनिक गरिएको चुनावी तालमेल र सहमतिले आफुहरुलाई उत्साहित बनाएको बताएका छन्।

‘समाजवादी यात्राको महान उद्धेश्यसहित एउटै कम्युनिष्ट केन्द्र निर्माणको अभियानको घोषणाले मुलुकमा नयाँ आशाको सञ्चार गरेको छ’, विज्ञप्तिमा भनिएको छ,‘यो ऐतिहासिक परिघटना र महान अभियानमा सम्पूर्ण हिसाबले सरिक भएको र सम्पूर्ण विद्यार्थीलाई साथसाथै सरिक हुन अपिल गर्दर्छौँ।’

अनेरास्ववियु अध्यक्ष नविना लामा, अखिल(क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ र नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतमले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन्।