You are here
Home > राजनीति > ज्ञानेन्द्र लाइ कांग्रेस र सेनाको साथ ! अब कडा कदम चाल्दै पूर्व राजा

ज्ञानेन्द्र लाइ कांग्रेस र सेनाको साथ ! अब कडा कदम चाल्दै पूर्व राजा

२० आश्विन २०७४, शुक्रबार ०४:४९
काठमाडौं |
देशमा परिवर्तित राजनीतिक परिस्थितीमाँझ पूर्वराजा ज्ञानेन्द्र शाह एकाएक सक्रिय भएका छन् । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको वाम एकताले बढ्दो राजनीतिक धुव्रीकरणको अवस्थामा पूर्वराजाले नेपाली कांग्रेस र नेपाली सेनालाई आफ्नो पक्षमा पारिसकेका छन् ।

कांग्रेसनिकट उच्च स्रोतका अनुसार वाम एकतापछि पूर्वराजा ज्ञानेन्द्र शाहका सहयोगी (सचिवहरु), महामन्त्री शशांक कोइरालाको नेतृत्वमा कांग्रेसका शीर्ष नेताहरु र प्रधानसेनापति निकट सेनाका उच्च अधिकारी (जर्नेलहरु) बीच अज्ञात ठाउँमा गोप्य वार्ता भएको छ । वार्तामा राजाले यो समयमा चाल्ने सम्भावित कदम, कांग्रेस र सेनाको साथका विषयमा छलफल भएको बताइएको छ ।

बैठकमा पूर्वराजाका सहयोगीहरुले ‘राजसंस्था फर्काउन उहाँ कडा कदम चाल्ने तयारीमा हुनुहुन्छ, तपाईहरुको भुमिका के हुन्छ ? सहयोग चाँहियो’ भनेर ज्ञानेन्द्र शाहको आग्रह सुनाएका थिए । जवाफमा कांग्रेसका शीर्ष नेता र सेनाले सकारात्मक प्रतिक्रिया जनाएको स्रोतको दाबी छ । कांग्रेस नेताहरुले ‘वाम गठबन्धन हुँदा अब देश कम्युनिष्टको हातमा जान्छ ।

विपी कोइरालाको सिद्धान्त (कम्युनिष्टभन्दा राजा राम्रो, राजा विनाको नेपाल परिकल्पना नै गर्न सकिदैन्) अनुसार अघि बढ्नुपर्छ । यदि साँच्चिकै राजसंस्था फिर्ता गर्नुछ भने यो भन्दा राम्रो समय अब कहिल्यै आउँदैन् । बैठकमा सेनाका जर्नेलहरुले पनि उपयुक्त समयमा पूर्वराजा चालिएको जुनसुकै कदमलाई नेपाली सेनाले साथ, समर्थन, सहयोग गर्ने चीफ (प्रधानसेनापति)को सन्देश सुनाएका थिए ।

उनीहरुले आफूहरुको चाहना हिन्दू राष्ट्र भइदिए हुन्थ्यो भन्ने रहेको भन्दै राजा आए त्यसले झनै सुनिश्चित गर्ने भएकाले आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।

आफ्नो प्रस्तावमा कांग्रेस र सेना सकारात्मक भएपनि पूर्वराजा शाह आवश्यक कदम चाल्न थप उत्साहित भएको स्रोतको भनाई छ । स्रोतका अनुसार राजाले सम्भावित कदमलाई संकेत गर्दै आजै साँझसम्म विज्ञप्ति पनि निकाल्दैछन् ।