You are here
Home > कला > नायिका निता ढुंगाना सनफ्रान्सिस्को अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुने

नायिका निता ढुंगाना सनफ्रान्सिस्को अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुने

२१ आश्विन २०७४, शनिबार १८:२०

नायिका निता ढुंगाना सनफ्रान्सिस्को अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुने भएकी छिन् l अमेरिकाको सनफ्रान्सिस्को शहरमा आगामी अक्टोबर २५ देखी २९ सम्म हुने महोत्सवमा कलाकार ढुंगाना सहभागी हुने छिन् l महोत्सब बिगत १५ वर्ष देखी सुरू भएको हो l

यस चलचित्र महोत्सवमा गत वर्ष देखि नेपाली चलचित्रले पनि सहभागी हुन् थालेको साउथ एसियन संयोजक तथा नेपाल पर्यटन बोर्ड सन सनफ्रान्सिस्को लागि पर्यटनदूत प्रकाश थापाले जानकारी दिएका छन् l

गत वर्ष नेपाली चलचित्र तीन घुम्तीले उत्कृष्ट बिदेशी भाषाको चलचित्र पुरस्कार जित्न सफल भएको थियो l यस अन्तर्राष्ट्रिय चलचित्र महोत्सबमा सहभागी हुन् पाउँदा मेरो सपना को केहि अंश पुरा भएको नीता ढुंगानाले बताइन l

महोत्सबमा हलिउड र एसियन चलचित्रहरु गरि २ सय चलचित्रले प्रतिस्प्रद्धा गर्ने छन् l