You are here
Home > खेलकुद > “गिनिज बुक अफ वर्ल्ड रेकर्ड ” बाट सम्मानित भए उज्ज्वल ठकुरी(तस्बिर सहित)

“गिनिज बुक अफ वर्ल्ड रेकर्ड ” बाट सम्मानित भए उज्ज्वल ठकुरी(तस्बिर सहित)

२२ आश्विन २०७४, आईतवार १६:०५

अमेरिका |

अमेरिकन मरिन गोजु करातेका ५ डान (गोडान ) खेलाडी उज्ज्वल ठकुरीले विश्व रेकर्ड कायम गर्न सफल भएका छन् । अमेरिकामा “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड” बाट सम्मानित भएको केही दिन नबित्दै उज्ज्वल ठकुरीले “गिनिज बुक अफ वोर्ल्ड रेकर्ड” राख्दै देशको नाम उच्च स्थानमा पुर्याएका छन् ।

“हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड “अमेरिकाको एउटा प्रसिद्ध पुरस्कार मात्र नभई अमेरिका भरि सर्वश्रेष्ठ खेलाडी चिनाउने लिजेण्ड पुरस्कार थियो । यो पुरस्कार अमेरिकन मार्शलआर्ट एशोसियसन द्वारा ९३ जना ख्याती प्राप्त खेलाडीहरुलाई प्रदान गरेको थियो ।

उनले गिनिज बुकमा रहेको भ्यानडम शैली द्वारा अधिक वजन पुरुषहरुले उठाउने विधामा ५० के.जी. को रेकर्डलाई तोडेर ६३.५८ के.जी. उठाई नयाँ विश्व रेकर्ड कायम गरि आफ्नो नाम ” गिनिज बुक अफ वोर्ल्ड रेकर्ड ” मा लेखाउन सफल भएका छन् । उनले भने, ‘यो विश्व रेकर्ड कायम गर्न विशेष गरि साथ दिनुहुने एचकेलि ताईक्वान्दो संचालक ग्राण्ड मास्टर एचकेलि अन्तरराष्ट्रियका प्रशिक्षक ६ डान मास्टर कृष्ण बहादुर बलाल, ७ डान मास्टर साङ् इल् ह्वाङ,  प्रशिक्षक ३ डान राष्ट्रिय खेलाडी रसद मेलोर तथा हाइ रेड बेल्ट मास्टर जेस्म ए रोल्लिङ जुनियर र दुई सानो ब्लाक बेल्टलाई पनि हृदय देखि धन्यवादको साथसाथै अर्को सहयोगी परिवार लि वूद एशोसियसन परिवारलाई पनि धन्यवाद ज्ञापन दिएका छन् ।’

नेपाल र नेपालीलाई खेल क्षेत्रको माध्यमबाट विदेशमा रहेर पनि विश्व सामु परिचित र  विश्व रेकर्ड कायम गर्न सफल खेलाडी उज्ज्वल ठकुरीले आगामी दिनमा अझै तिन किसिमको छुट्टा-छुट्टी विधामा ” गिनिज बुक अफ वर्ल्ड रेकर्ड ” कायम गर्न आफु हरदम प्रायसरत रहेको र त्यसमा सफलता मिल्नेमा पुर्ण विश्वस्त भएको पनि बताएका छन् ।